पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छन् । महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’भनी…