मेलम्चीको खानेपाली काठमाडौंमा ल्याई काकाकुल काठमाडौंवासी, फोहोरी र धुलाम्बे सडकलाई पखालेर फोहोरी काठमाडौंलाई मोहोरी सहरका रूपमा रूपान्तरण गरी समृद्ध राष्ट्र बनाउने संकल्प लिएर नेपाली कांग्रेसका सन्त नेता एवं पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका स्व. कृष्णप्रसाद भट्टराईले २०४८ सालबाट सुरु भएको मेलम्ची खानेपानी आयोजनामार्फत काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने सपना सिर्जना गर्नुभयो । त्यसयता नेपाल सरकारका कति जना प्रधानमन्त्री बन्नुभयो, कति जना त्यस ठाउँबाट संसद् बन्नुभयो, कति जना संसदले यसै खानेपानीलाई चुनावी नारा र मुद्दा बनाई जिते, तर मेलम्ची खानेपानी जनताका लागि केवल रामकहानी मात्र बनिरह्यो ।