टोकियोमा दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा यहाँ एकै दिन ५ हजार ४२ जनामा संक्रमण देखियो । महामारी सुरु भएयता टोकियोमा एकैदिन ५ हजारभन्दा धेरै संक्रमित भएको यो पहिलोपटक हो ।बिहीबार सार्वजनिक भएको यस संख्यासँगै टोकियोमा कुल संक्रमित संख्या २ लाख ३६ हजार १ सय ३८ पुगेको छ । त्यसैगरी जापानमा राष्ट्रव्यापी संक्रमित हुनेको कुल संख्या ९ लाख ८० हजार ७ सय २८ पुगेको छ । यसमध्ये १५ हजार २ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।देशमा खोप लगाउने काम निकै सुस्त भएको र यही स