करिव ६ करोड लागतमा निर्माण गरिएको दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ मा स्थापना गरिएको सो उद्योग प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारीको लगानीमा निर्माण गरिएको हो ।उद्योग स्थापनाका लागि बागमती प्रदेश सरकारको ५७ लाख २० हजार रुपैयाँ, सहकारी बजार विकास कार्यक्रमको दुई चरण गरि १ करोड ७४ लाख रुपैयाँ र सहकारी संघको करिब ३ करोड रुपैयाँ लगानी परेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका व्यवस्