चारा भ्रष्टाचार मुद्दामा लालू प्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय, ६० लाख जरिवाना पनि

फागुन ९, नयाँ दिल्ली । भारतको विशेष अदालतले सोमवार चारा घोटालाले चर्चित भ्रष्टाचार मुद्दामा बिहारका पूर्वमुख्य मन्त्री एवम् राष्ट्रिय जनता दलका नेता लालू प्रसाद यादवलाई थप पाँच वर्षको सजाय सुनाएको छ । साथै अदालतले उक्त काण्डमा दोषी ठहर गर्दै ६० लाख भारतीय रुपया जरिवाना पनि गर्ने फैसला गरेको छ । तर उनको वकिलले भने अदालतमा अपिल गर्ने बताएका छन् । तर यो फैसला आउनु अघिदेखि नै उनी चारा घोटाला काण्डसँग सम्बन्धित चार ओटा मुद्दामा दोषी प्रमाणित भइसकेका छन् ।  सोमवार भएको उक्त फैसलाको कारवाही अदालतले अनलाइनबाट गरेको थियो भने लालू पनि अनलाइनमा उपस्थित थिए । यसअघि उक्त काण्डमा अदालतले उनलाई १४ वर्षको जेल सजाय तोकेको थियो । एजेन्सी  

सम्बन्धित सामग्री

महामन्त्री शर्माको प्रस्ताव : भ्रष्टाचारीलाई ५ वर्ष हैन २५ वर्षको जेल सजाय राखौं

काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई ५ वर्ष नभइ सजायको हदम्याद २५ वर्ष राख्नु पर्ने प्रस्ताव गरेका छन्। शनिबार ललितपुरमा नेपाल विद्यालय कर्मचारी परिषद्ले आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले भ्रष्टाचारीलाई ५ वर्ष नभइ सजायको हदम्याद २५ वर्ष राख्नु पर्ने प्रस्ताव गरेका हुन्। उनले भने, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा […]

भ्रष्टाचारीलाई आजीवन जेल सजाय माग

काठमाडौं  । भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले फरक मत राखेका छन् । भ्रष्टाचार गर्नेलाई आजीवन जेल सजाय हुने व्यवस्था नगरेर ५ वर्षे हदम्याद राखी सबै भ्रष्टाचारीलाई बचाउने प्रयास गरिएको भन्दै सत्तारुढदेखि प्रमुख प्रतिपक्षी दलका सांसदसम्मले विरोध गरेका हुन् ।  नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुराएर हिँड्नुपर्ने अवस्थामा पुर्‍याउने किसिमबाट कानून निर्माण गर्न आवश्यक रहेको बताए । उनले भ्रष्टाचारीलाई आवश्यक परे सर्वस्वहरण गर्ने गरी विधेयक नल्याइएको भन्दै असन्तुष्टि जनाए । ‘२–४ करोडदेखि २–४ अर्बसम्म भ्रष्टाचार गर्‍यो भने १४ वर्षभन्दा बढी जेलमा बस्नु नपर्ने प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन । आजीवन जेल सजाय हुनुपर्छ त्योभन्दा बढी पनि कारबाही गर्नुपर्छ । सर्वस्वहरण गर्ने प्रावधान पनि राख्नुपर्छ,’ छलफलमा प्रमुख सचेतक गिरीले भने । सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा मुद्दा चलाउन ५ वर्षे हदम्यादको प्रावधानलाई भ्रष्टाचारी बचाउने प्रयास भन्दै विरोध गरे । भ्रष्टाचारमा ५ वर्षे हदम्यादको व्यवस्था कुनै हालतमा स्वीकार गर्न नसकिने उनले बताए । ‘५ वर्षभित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने भन्ने कुरा सबै भ्रष्टाचारी बचाउनका निम्ति ल्याएको हो । यो कुनै हालतमा हुन्न,’ सांसद केसीले भने । भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधिसम्बन्धी व्यवस्थामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले ५ वर्ष हुने उल्लेख छ । ५ वर्षे हदम्यादबारे सोही दफामा थप लेखिएको छ, ‘कुनै राष्ट्रसेवकले पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र तत्काल निजउपर मुद्दा चल्न सक्ने रहेनछ भने निजले जुनसुकै बेहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मिति र निजले भ्रष्टाचार गरेको कुरा निज अवकाश भइसकेपछि थाहा भएकोमा थाहा भएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउन सकिनेछ ।’ सम्पत्ति हिनामिनासम्बन्धी कसुरमा भने हदम्याद राखिएको छैन । त्यसमा भनिएको छ, ‘सरकारी, सामुदायिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन कुनै हदम्याद लाग्ने छैन ।’

युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीय गार्डलाई ५ वर्ष जेल

वर्लिन, १५ असार । जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन् । सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा […]

सुचीलाई भ्रष्टाचारको आरोपमा ५ वर्ष जेल सजाय

काठमाडाैं । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी पूर्व नेतृ आङ सुचीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ । पूर्व नेतृ आङ सुचीलाई भ्रष्टाचर सम्बन्धी दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज (बुधबार) ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी नेपाई तावमा बन्द कोठाभित्र गरिएको सुनुवाई सार्वजनिक गर्न र सञ्चारमाध्मलाई रोक लगाइएको छ […]

नक्कली भारतीय नोटको मुद्दामा नेपालीलाई ५ वर्ष जेल सजाय

भारतको विशेष एनआईए अदालतले नक्कली भारतीय नोट तस्करी गरेको अभियोगमा एक नेपाली नागरिकलाई पाँच वर्षको कैद र रु दुई हजार जरिवानाको सजाय सुनाएको छ । सन् २०१४ मा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ती नेपाली नागरिक ४९,८८,००० भारतीय रुपैयाँ बराबरको १ हजारका नक्कली भारतीय मुद्रासहित पक्राउ परेका थिए । सन् २०१५ मा दुई अभियुक्त व्यक्तिहरु विरुद्ध आरोपपत्र दायर गरिएको थियो । पछि २०१७ मा तीन अभियुक्तहरू विरुद्ध पूरक आरोपपत्र दायर गरिएको थियो। यस वर्षको सुरुमा एनआईए विशेष अदालतले य

चारा घोटाला कान्ड : लालु यादवलाई ५ वर्ष जेल सजाय

विहार–विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवाना समेत तोकेको छ ।लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो । यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।

लालु यादवलाई ‘चारा घोटाला’ प्रकरणमा थप ५ वर्ष जेल र ६० लाख भारु जरिवाना

एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५ वर्ष जेल र ६० लाख भारु जरिवाना पनि सुनाएको हो । झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो । फेब्रुअरी १५ मै […]

साउदी महिलाअधिकारकर्मीलाई ५ वर्ष जेल सजाय

साउदी अरबको एक अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार ५ वर्ष ८ महिनाको जेल सजाय तोकेको हो ।

सांसद मनाङेलाई ५ वर्ष जेल सजाय

सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) विरुद्ध तत्कालीन पुनरावेदन अदालत, पाटनले तोेकेको ५ वर्ष जेल सजाय सदर गरेको छ । २०६४ सालमा पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय फैसला भएको थियो । मनाङे प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

२ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।