मणिपाल अस्पतालबाट खसेर वृद्धाको मृत्यु

पोखरा – पोखराको मणिपाल अस्पतालबाट खसेर ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१८ सराङकोटकी धनसरी घर्तीको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु भएको हो। उनी बिरामी छोरीलाई भेट्न अस्पताल आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। मुटुसम्बन्धी बिरामी भएर अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न गएकी उनको अस्पतालको तेस्रो तलबाट खसेर तत्कालै मृत्यु भएको हो। […]

सम्बन्धित सामग्री

सडक छेउको टहरोमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु

चौतारा : लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ। गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो। सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको निधन भएको छ । एम्बुलेन्स टहरोभित्र छिरेपछि घाइते भएकी खड्काको…

पहिरोले घर भत्किँदा तनहुँमा एक वृद्धाको मृत्यु

लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुन्।   गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए।   वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए। चारजना सकुशल...

तीन तलाबाट खस्दा वृद्धाको मृत्यु :: Pahilopost.com

काठमाडौं: काठमाडौं महानगरपालिका-१५ छहारी गल्लीस्थित डेरा गरी बस्ने ८४ बर्षीया कुलमाया मगर्नीको ३ तला माथिबाट खसेर मृत्यु भएको छ।  धनुषा मिथिला गाउँपालिका-५ की उनी डेरा घरको ३ तला माथिबाट खस्दा गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि मनमोहन अस्पताल स्वयम्भु लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।   यस