२ महिनामै साढे ७ अर्बको पाम तेल निर्यात

काठमाडौं । भारतको प्रतिबन्ध फुकुवा भएपछि प्रशोधित पाम तेलको निर्यातमा उच्च वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्र भारततर्फ रू. ७ अर्ब ५० करोड ६१ लाख बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । परिमाणका आधारमा समीक्षा अवधिमा ४ करोड ३ लाख ४६ लिटर पाम आयल भारततर्फ निकासी भएको विभागको तथ्याङ्कले देखाएको छ । भारत सरकारले गत असार (जुलाई १ तारिख) देखि प्रशोधित पाम आयलको आयात खुल्ला गरेको थियो । भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले पाम तेलको आयात खुला गरेको थियो । त्यसपछि नेपालका तेल उत्पादक उद्योगहरूले भारततर्फ पाम आयल निर्यात गर्न थालेका हुन् । गत साउनमा मात्र रू. २ अर्ब १५ करोड ५९ लाखको प्रशोधित पाम तेल निर्यात भएको थियो । भदौमा मात्र रू. ५ अर्ब ३५ करोडको यस्तो तेल निर्यात भएको देखिन्छ । भारतले २०७७ असारदेखि पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसको १ वर्षपछि भारतले प्रतिबन्ध फुकुवा गरेपछि नेपालबाट यसको निर्यात हुन थालेको हो । अघिल्लो आव २०७६/७७ मा प्रशोधित पाम आयल नेपालको पहिलो निर्यात योग्य वस्तु थियो । सो आवमा नेपालबाट १८ अर्ब ३१ करोड ७९ लाख रूपैयाँको पाम तेल भारततर्फ निकासी भएको थियो । तर, भारतीय सरकारले त्यसमा प्रतिवन्ध लगाएपछि गत आवमा पाम आयालको निर्यात शतप्रतिशत मात्रामा घटेको थियो । गत आवमा ५ लाख ४५ हजार रूपैयाँको पाम आयल निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङकले देखाएको छ । नेपाली व्यवसायीहरूले मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निकासी गर्ने गर्छन् । नेपालमा पनि पाम आयल खपत हुने गर्छ । कच्चा पाम आयल ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड हुने व्यवसायीहरूको भनाइ छ ।

सम्बन्धित सामग्री

तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट

काठमाडौं, असार १३ । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० […]

ईयूमा पाम तेल निर्यातमा रोक लगाउने विचारमा मलेशिया

काठमाडौं । विश्वको सबैभन्दा ठूलो पाम तेल उत्पादक देश मलेशियाले यूरोपेली संघतर्फ पाम तेलको निर्यात रोक्नेबारे विचार गरिरहेको छ । ईयूले वनविनाश हुने चिन्तामा पाम तेलको आयातमा अतिरिक्त प्रतिबन्धको घोषणा गरेपछि मलेशियाले पनि त्यसतर्फको निर्यात रोक्ने विचार गरिरहेको हो । ईयूले घरेलु तेलहन उद्योगलाई टेवा दिन लामो समयदेखि मलेशिया र इन्डोनेशियाबाट आयात हुने पाम तेलमा विविध खाले व्यापार प्रतिबन्ध लगाउँदै आएको आरोप यी दुई देशको छ । ईयूले नवीकरणीय ऊर्जा निर्देशिकाको कारण यूरोपमा पाम तेलको निर्यात प्रभावित भएको थियो । यसमाथि ईयूको वनविनाश रोक्ने नियमले आगोमा घ्यूको काम गरेको छ । यो नियमनले सन् २०३० सम्ममा ईयूले पाममा आधारित इन्धनको प्रयोग बन्दै गर्न भनेको छ । ईयूले भटमास, तोरी र सूर्यमुखीको तेलको तुलनामा पाम तेलमा कठोर सुरक्षा मापदन्ड तोकेको छ ।  विश्वको कूल पाम तेल निर्यातमा इन्डोनेशिया र मलेशियाको अनुपात ८५ प्रतिशत छ । यी दुवैले विश्व व्यापार संगठनमा ईयूको नवीकरणीय ऊर्जा निर्देशिकाविरुद्ध छुट्टाछुट्टै मुद्दा हालेका छन् ।  दुवै देशले ईयूको मापदण्ड पूरा गर्न पहल पनि गरेका छन् । तर, ईयूले नयाँ-नयाँ प्रतिबन्ध लगाउन छाडेको छैन । आफ्नो नियमावलीले कुनै पनि देशलाई निशाना बनाउन नखोजेको कमोडिटि उत्पादनले थप वनविनाश नहोस् भन्ने मात्रै चाहेको ईयूका अधिकारीहरूको भनाई छ ।  ईयू र मलेशियाबीचको यो खिचातानीले अहिले नै तेलको भाउमा केही असर परेको छैन । तर, केही व्यापारीहरूले यसलाई बियरिश सिग्नल बताएका छन् । सम्भावित प्रतिबन्ध र ईयूले चल्न सक्ने उपायहरूबारे मलेशियाले इन्डोनेशियासँग छलफल गर्ने बताएको छ । मलेशियाले ईयूतर्फ निर्यातमै प्रतिबन्ध लगाउने कि महसुल लगाउने भन्ने स्पष्ट भइसकेको छैन । सन् २०२२ मा मलेशियाको कूल पाम निर्यातमा ९ दशमलव ४ प्रतिशत अनुपात ईयूले ओगटेको छ । सन् २०१५ यता ईयूतर्फ पाम तेलको निर्यात घट्दै आएको छ । सन् २०२२ मा ईयूतर्फ मलेशियाको पाम तेल निर्यात अघिल्लो वर्षको भन्दा १० प्रतिशतले घटेर १४ लाख  ७० हजार टनमा झरेको थियो । सन् २०१५ को भन्दा यो ४० प्रतिशत कम हो । एजेन्सी

इन्डोनेसियाले खुलायो पाम तेलको निर्यात

इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउने घोषणा गरेको छ । यसअघि विश्वकै ठूलो पाम तेल निर्यातक मुलुक इन्डोनेसियाले देशको आन्तरिक माग धान्ने भन्दै यसको निर्यातमा रोक लगाएको थियो ।इन्डोनेसियाले अघिल्लो महिना घरेलु बजारमा बढिरहेको खाने तेलको मूल्य घटाउन पाम तेलको निर्यात रोकेको हो । राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध हटाउने घोषणा गर्दै भने, ‘यो निर्णयले विश्वमा खाद्य तेलको कमी पूर्ति गर्न सहयोग पुग्छ ।’रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य तेलको अभाव सुरू भए

इण्डोनेसियाले प्रतिबन्ध हटाएपछि सोमबारबाट नेपालमा पनि पाम तेल आयात हुने

६ वैशाख, काठमाडौं । इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको पाम तेलको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता मुलुक इण्डोनेसियाले निर्यात खुला गर्ने निर्णय गरेको हो । आफ्नै मुलुकमा तेलको मूल्य उच्च भएपछि गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेल निर्यात रोकेको थियो । आगामी सोमबारबाट इण्डोनेसियाको पाम तेल निर्यात खुला हुने बीबीसीले जनाएको छ […]

इण्डोनेसियाले पाम तेल निर्यात प्रतिबन्ध सोमबारदेखि हटाउने

इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ। इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गर्दै यस निर्णयले विश्वमा खाद्य तेलको पूर्ति गर्न मद्दत पुग्ने बताए।युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएको छ। प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब एक करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा सोमबारदेखि तेल निकासी सुरु गर्ने निर्णय गरेको बताए।इण्डोनेसिया विश्वमा पाम तेलको सबै

इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात, विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।रुस–युक्रेन युद्धको असरका कारण यतिबेला विश्वभर खानेतेलको मूल्य अनियन्त्रित गतिमा बढिरहेको छ । युक्रेनमा उत्पादन हुने भटमास, तोरी र सूर्यमूखीको तेल यतिबेला विश्वमा निकासी हुन रोकिएको छ । रुसले हमला गरेका कारण युक्रेनबाट विश्वभरको बजारमा आपूर्ति हुँदै आएको खानेतेलको निकासी रो

इन्डोनेसियाली नीतिले नेपाली पाम तेल उद्योग प्रभावित

२६ माघ, काठमाडौं । कच्चा पाम तेलको निर्यातमा कडाइ गर्ने इन्डोनेसिया सरकारको नीतिले नेपाली पाम तेल उद्योगहरु प्रभावित भएका छन् । कच्चा पाम तेलको प्रमुख निर्यातक मध्येको एक मुलुक इन्डोनेसियाले लाइसेन्समार्फत मात्रै पाम तेल निर्यात गर्ने नीति अघि सारेको र नयाँ लाइसेन्स जारी नगर्दा आयात रोकिएको नेपाल वनस्पती घिउ तेल उत्पादक संघले जनाएको छ । […]

भारतले खोल्यो पाम तेलको आयात

काठमाडौं। भारतले ६ महिनाका लागि पाम तेलको आयात खोलेको छ। गत असारदेखि नेपाललगायत सबै मुलुकबाट भारतमा निर्यात हुने पाम तेल रोकेको थियो। यसबाट नेपाल, सिंगापुर, मलेसिया र बंगलादेशका निर्यात व्यवसायी प्रभावित बनेका थिए। भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै पाम तेलको आयात खुला गर्ने जानकारी दिएको हो।

पाम आयल निकासी : कच्चा पदार्थ आयातको दोधारमा

व्यापारिक फाइदाका लागि पाम तेल तेस्रो देशबाट आयात गरी फेरि त्यसैलाई प्रशोधन गरी भारत निर्यात गर्ने क्रम बढ्दै गएको थियो । पाम भन्ने रूखबाट उत्पादन हुने वनस्पति तेलको कच्चा पदार्थ भारतमा अन्य देशहरूले निर्यात गरे करिब ४० प्रतिशत भन्सार महसुल लाग्छ । नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । नेपालमा अन्य देशबाट आयात गर्दा गुणस्तरका आधारमा […]