काठमाडौँ,१२ असोज । साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्धावस्थाका ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैंकसम्म जान नसक्ने चार सय ८३ लाभग्राहीलाई उनीहरुको गाउँटोलमै लगेर रु ६६ लाख ७२ हजार तीन सय रकम वितरण गरेको हो […]