खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । ५ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षाभत्ता बापत १ करोड १३ लाख रुपैयाँ निकासा भएको थियो । सामाजिक सुरक्षा भत्ता नेपाल एसब