काठमाण्डाै – काठमाण्डाै महानगरले महानगरको बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ ।
महानगरका मेयर बालेन्द्र शाहले बर्सेनि कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गाैरव योजना ल्याइएको जानकारी दिनुभएकाे छ । महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै 'प्लेटफर्म' मा ल्याई श्रम...