काठमाण्डाै - कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालमा प्रभाव पारिरहेको पश्चिमी र स्थानीय वायुको कारण कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले विकसित भइरहेको बादल पूर्वतर्फ फैलिरहेको जानकारी गराउँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विकसित प्रणालीका कारण आउँदो तीन दिनसम्म देशका...