काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका केही ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ । भोलि शुक्रवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहेर वर्षाको सम्भावना छ ।
वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्न सक्ने भएकाले सतर्कता...