काठमाण्डाै - सरकारले किसानको धान खरिद नगरेको भन्दै अखिल नेपाल किसान महासङ्घले आन्दोलन गर्ने भएको छ ।
गएको कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्ने औपचारिकता पूरा गरेको तर धान खरिद नगरिदिँदा किसानले सस्तो मूल्यमा निजी मिललाई बेच्न बाध्य भएको भन्दै महासङ्घले आन्दोलन गर्ने भएको छ ।
सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । तर मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया सुरु नगरेको कारण किसानहरु...