सुर्खेत : बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावमा डोल्पा स्थित गठबन्धन दलहरुबीच भएको छलफलमा सहमति नहुँदा एक्ला एक्लै चुनाव लड्ने निर्णय भएकाे छ।भागबण्डाका लागि बसेको बैठकमा सबैले आ आफ्ना अडान नछोडेपछि सहमति हुन नसकेको हो।केन्द्रीय निर्णय र सर्कुलर अनुसार जिल्लामा दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताए।नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ।ड