एमसीसीबारे गठबन्धनमा भएन सहमति

सत्तारुढ गठबन्धनको बैठकले विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठकले एमसीसीबारे निर्णय लिन सकेन । करिब दुई घण्टाभन्दा बढी चलेको बैठकमा कुनै एमसीसीबारे सहमति हुन नसकेको स्रोतले रातोपाटीलाई बतायो ।काँग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसदमा टेबल गर्न समेत सहमत हुन नसकेको अवस्था छ ।बालुवाटार स्रोतले भने, ‘आजको बैठक सकियो। गठबन्धन बचाउनु पर्छ भन्नेमा सबैको जोड छ तर अडान यथावत छ।’  गठबन्

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनमा भएन सहमति, आजै अर्को बैठक बस्ने

आज शनिवार बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन भएपछि आज नै दिउँसो अर्को बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न ५ दलीय सत्ता गठबन्धनको बैठक बसेकोमा कुनै सहमति हुन नसकेको हो। अब आजै दिउँसो अर्को बैठक बस्ने छ  । हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीक अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो । हिजोको छलफलपछि आज गठबन्धनको बैठक बसेको हो । गठबन्धनले स्थानीय तह निर्वाचन ऐन र संविधानको ब्यबस्था बाझिएको भन्दै ऐन संशोधन गरेर निर्वाचनलाई पछि धकेल्ने तयारी गरेको छ  तर सरकारलाई बैशाखमा नै चुनाव गर्न दबाब छ । नेपाल कांग्रेस भित्र नै ऐन संशोधन गरेर चुनाव सार्नु असंवैधानिक हुने भएकोले बैशाख मै चुनाव गर्न देउवालाई दबाब छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि बैशाख मै स्थानीय तहको चुनाव हुनु पर्ने बताउदै आएको छ । निर्वाचन आयोगले बैशाख मै हुने गरि मिति तोक्न दबाब दिईरहेको छ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच छलफल हुँदा पनि बैशाख मै चुनाव गराउन राष्ट्रपतिले आग्रह गरेकि थिईन् । बैशाखमा  चुनाव नहुँदा स्थानीय तह जनप्रतिनिधिबिहिन हुने भएकोले आयोगले तत्काल चुनावको मिति तोक्न दबाब दिईरहेको छ  । यसरि चौतर्फी दबाबमा रहेको बेला सत्ता गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको छ ।