उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने दाबी गरेका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमाम बोल्दै उनले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनैपनि समस्या समाधान नहुने बताए ।