चितवनका दुग्ध किसानको गुनासो– बीमा सुविधा बन्द हुँदा लम्पिस्कीनबाट मरेका पशुको क्षतिपूर्ति पाएनाैं

चितवन । चितवनका दुग्ध किसानले बीमा कम्पनीले पशुको बीमा नगरेको भन्दै गुनासो गरेका छन् । सरकारले गाईभैंसीको बीमामा अनुदान दिन छाडेको भन्दै बीमा कम्पनीहरूले पशुको बीमा नगरेपछि उनीहरू मर्कामा परेका छन् ।   आज चितवन दुग्ध सहकारी संघले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा किसानहरूले बीमा सुविधा तत्काल लागू गर्न र बीमा गरिएका पशुको उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।  सो अवसरमा संघका अध्यक्ष किशोर वगालेले बीमा कम्पनीले बीमा सुविधा दिन छाडेको पशुपालक किसान मर्कामा परेको बताए । १ महिना अघिदेखि बीमा सुविधा पनि बन्द भएका कारण लम्पिस्कीन र अन्य रोगबाट मरेका पशुको उचित क्षतिपूर्ति नपाएको उनको भनाइ छ । जसका कारण चितवनमा दुग्ध उत्पादन घट्ने र किसानहरू विस्थापित हुने खतरा बढेको उनले बताए । बीमा कम्पनीहरूले सरकारले बीमा अनुदानको रकम नदिएको भन्दै यही जेठ ८ गतेदेखि बीमा गर्न बन्द गरेका छन् ।  दुग्ध विकास बोर्ड खारेजीविरुद्ध आन्दोलनको चेतावनी सरकारले आगामी वर्षको बजेटमा दुग्ध विकास बोर्ड खारेजी गर्ने उल्लेख गरेपछि दुग्ध किसानहरूले आन्दोलनको चेतावनी दिएका छन् । यही जेठ १५ काे बजेट भाषणमा दुग्ध विकास बोर्ड खारेजी गर्ने उल्लेख छ । किसानहरूले दुग्ध विकास बोर्ड किसानको अभिभावक भएको भन्दै यसलाई परिमार्जनसहित पुर्नस्थापना गर्न माग गरेका छन् । संघका सचिव कल्याण अधिकारीले दुग्ध विकास बोर्ड खारेज गरी सिंहदरबारमा गाभ्न लागेको भन्दै आफूहरूले यसविरुद्ध चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए । 'अब हाम्रो गुनासो कसले सुन्छ ? हाम्रो पहुंँच सिंहदरबारसम्म कहिले पुग्ने ?' उनले भने, 'राज्यले जहिले पनि राज्यले दुग्ध किसानलाई मात्र निरुत्साहित गरेको छ ।' संघका अध्यक्ष वगालेले बोर्डले दूध क्षेत्रको नीति निर्माण गर्न, दूधको मूल्य निर्धारण गर्न, उत्पादक र उद्योगीबीच सम्बन्ध स्थापित गर्न मद्दत पुगेकोले पुनःसंरचनासहित सञ्चालन गर्नुपर्ने बताए । आफ्ना मागको राज्यले बेवास्ता गरे देशभर चरणवद्ध आन्दोलन गर्ने उनले बताए । 

सम्बन्धित सामग्री

‘आईएमई पे’ को नयाँ बीमा सुविधा योजना सार्वजनिक

काठमाडौं । ‘आईएमई पे’ ले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा  ‘स्मार्ट हेल्थ- सुरक्षित भव’ नामक नया बीमा सुविधा सार्वजनिक गरेको छ । ‘आईएमई पे’ मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ । ३ सय ६५ रूपैयाँ मा […]

कुमारी बैंकले सार्वजनिक गर्‍यो ‘मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा’ योजना

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्ने बैंकले जनाएको […]

स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान

बिमितले आफुले रोजेको प्रथम सेवा विन्दुबाट सेवा प्रदान गर्न सकिने तथा सेवा प्रदायकबाट सेवा प्राप्त गर्न नसकेमा प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकबाट मात्र सेवा लिनु पर्दछ। बिमितले अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नविकरणको लागि निवेदन दिन सकिने र नया दर्ता तथा नविकरण भएकाहरुको तोकिएको निश्चित समयदेखि बीमा सुविधा लागू हुने गरेको छ।

स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा

स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्बन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई  क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ।

माई पे वालेट प्रयोगमा एक लाखको बीमा सुविधा

माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो । माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पे​मार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार...

माई पे वालेट प्रयोग गर्दा एक लाखको बीमा सुविधा

डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो ।माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पेमार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ ।  कारोबार भएको दुई दिनपछि ग्राहकको १ लाखको बीमा योजना कार्यान्वयन हुने जनाइएको छ । बी

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा

डिजिटल वालेट माई पेले वालेट प्रयोग गर्दा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाइने योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ?

डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयोग गर्दा १ लाख दुर्घटना बीमा पाइने भएको हो ।  नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको माईपको दावी छ । कम्पनीका अनुसार यो अफरले गर्दा ग्राहकलाई कारोबारसँगै बीमा सुविधा उपलब्ध हुनेछ ।  यो सुविधा केवाईसी भेरिफाई गर्ने पहिलो ५ हजार प्रयोगकर्ताका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बीमाको अवधि...

सामुदायिक वनका उपभोक्तालाई बीमा सुविधा

काठमाडौं, वैशाख ६ । सामुदायिक वनका उपभोक्ताले डढेलो र जनावरबाट आक्रमणबापत बीमा सुविधा पाउने भएका छन् ।नेपालको नमुनाका रूपमा रहेको २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहसँग आबद्ध रहेका डेढ करोड उपभोक्ताले बीमाको सुविधा पाउने भएका हुन् । यो सङ्ख्या भनेको नेपालको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्या हो । यीमध्ये ११ सयवटा सामुदायिक वन महिलाको […]