नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेन्डासँग कुनै मतलब नभएको बताएका छन् । उनले संविधान, मूल्यमान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको बताए ।