‘जनतालाई स्वास्थ्य बिमाबारे जानकारी नहुँदा कार्यक्रम प्रभावकारी भएन’

वीरगञ्ज – सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमबारे जनतालाई जानकारी नहुँदा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाले बताएका छन्। वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा शुक्रबारदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य बिमाको लाभबारे आमजनतालाई जानकारी नभएकै कारण यस कार्यक्रमअन्तर्गत सबै जनता नसमेटिएको सरोकारवालाको भनाइ छ। कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार […]

सम्बन्धित सामग्री

इन्क्युबेशन सेन्टरको प्रभावकारिता

नवीन सोच भएका युवा प्रतिभाले व्यावसायिक प्रक्रिया र उद्यमका आधारभूत पक्ष नजानी समस्यामा परिरहेको सन्दर्भमा सरकारले यस्ता युवालाई सहयोग गर्न बिजनेश इन्क्युबेशन सेन्टर स्थापना गरेको छ । युवालाई उद्यमव्यवसायमा सघाउन खासगरी स्टार्टअप व्यवसायलाई सघाउन यस्तो सेन्टर निकै सहयोगी हुने देखिन्छ । त्यसैले सेन्टर स्थापना सकारात्मक छ तर सेन्टरले युवालाई चाहिएजस्तो सहयोग गर्न सक्छ कि सक्दैन, त्यसमै यसको सफलता निर्भर रहन्छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानकै कार्यालयमा अहिले यो सेन्टर स्थापना गरिएको छ । कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीदेखि स्नातकमा अध्ययनरत विद्यार्थीलाई स्टार्ट अप व्यवसाय गर्न सहयोग गरिनेछ । यसका लागि उनीहरूले सेन्टरमा नै बसेर काम गर्न पाउँछन् । सेन्टरले यस्ता युवालाई यहाँको भौतिक संरचना उपलब्ध गराउने मात्र होइन, तिनलाई मेन्टरिङका साथै विभिन्न खालको सहयोग गर्ने बताइएको छ । खासगरी कुनै पनि व्यवसाय गर्न त्यससँग सम्बद्ध कानूनी पक्ष, मुनाफायोग्य हुन्छ कि हुँदैन भन्ने जानकारी, बजारीकरण जस्ता विविध पक्षमा सेन्टरले सहयोग गर्नु उपयुक्त हुन्छ । युवाहरूसँग कुनै एउटा विचार हुन्छ तर त्यो विचारले काम गर्छ कि गर्दैन भन्ने उनीहरू निर्णय गर्न सक्दैनन् । त्यस्तो विचारलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने कुरामा सहयोग निकै आवश्यक हुन्छ । सेन्टरमा सरकारी कर्मचारी नै हुने हुनाले तिनले उद्योगव्यवसायका लागि सरकारी प्रक्रिया कसरी पूरा गर्ने भनेर पक्कै पनि राम्ररी सिकाउलान् । तर, यस्तो सहयोगले मात्रै इन्क्युबेशनको काम हुँदैन । प्रविधिको प्रयोगबाट केही नयाँ कुरा गर्न खोजिरहेका युवालाई प्राविधिक सहयोग पनि आवश्यक पर्छ । त्यस्तो सहयोग दिने क्षेत्रका रूपमा यो सेन्टर स्थापित हुन जरुरी छ ।  अहिले खोलिएको सेन्टरले युवालाई उद्यमी बनाउन कत्तिको सहयोग गर्‍यो, यसले केके समस्या भोग्यो र सेन्टरलाई प्रभावकारी बनाउन केके गर्नुपर्छ भन्ने कुरा हेरेर मात्रै थप सेन्टर स्थापना गर्दा बढी परिणाममुखी हुनेछ ।  सरकारले सातै प्रदेशमा यस्तो सेन्टर खोल्ने कार्यक्रम ल्याए पनि राजधानीमा पहिलोपल्ट स्थापना भएको छ । अब यसलाई प्रदेशतिर पनि विस्तार गर्नु जरुरी छ । तर, यसको विस्तार गर्नुअघि अहिले खोलिएको सेन्टरले युवालाई उद्यमी बनाउन कत्तिको सहयोग गर्‍यो, यसले केके समस्या भोग्यो र सेन्टरलाई प्रभावकारी बनाउन केके गर्नुपर्छ भन्ने कुरा हेरेर मात्रै थप सेन्टर स्थापना गर्दा बढी परिणाममुखी हुनेछ ।  त्यसो त नेपालमा यस्तो सेन्टर पहिलोपल्ट स्थापना भएको होइन । विश्वविद्यालय र कलेजहरूले यस्तो सेन्टरको व्यवस्था गरेर विद्यार्थीहरूलाई व्यवसाय गर्न सिकाउने गरेको पाइन्छ । यस्तो सेन्टरबाट केही व्यवसाय शुरू भएको पनि पाइन्छ । स्टार्ट अप प्रतिस्पर्धाका कार्यक्रम पनि भइरहेका छन् र तिनमा विद्यार्थीले सूचनाप्रविधिको प्रयोग गरेर नयाँ व्यवसाय गर्नेबारेमा नयाँनयाँ सोच ल्याएको देखिन्छ । यस्तोमा सरकारले स्थापना गरेको सेन्टर र शैक्षिक संस्थाबीच सहकार्य गर्नु उपयुक्त हुन्छ । विश्वविद्यालयहरूमा आफ्नो जनशक्ति पठाएर पनि स्टार्ट अप व्यवसायका लागि आवश्यक सहयोग गर्न सक्छ । सरकारले पहिला पनि इन्क्युबेशन सेन्टरको स्थापना गरेको हो तर विभिन्न कारणले त्यो प्रभावकारी भएन । त्यतिबेला स्टार्ट अपबारे विद्यार्थीमा ज्ञान नहुँदा सफल भएको थिएन । अहिले भने स्टार्ट अपबारे नयाँ पुस्ता धेरै जानकार छ ।  अहिले सरकारले स्टार्ट अपका लागि वित्तीय कोष उपलब्ध गराउन लगानीका लागि वैकल्पिक स्रोतहरू खुला गरेको छ । भेन्चर क्यापिटल आदि उपकरण अहिले उपलब्ध छन् । यस्ता स्रोतसँग युवा प्रतिभालाई सम्बन्ध बढाउनुपर्छ अनिमात्र स्टार्ट अप अघि बढ्छ । सरकारले सहयोग गर्दैमा स्टार्ट अप सफल हुन्छ भन्ने छैन । कतिपय स्टार्ट अप सफल नभए पनि तिनले सम्बद्ध क्षेत्रमा रहेको परम्परागत प्रणालीलाई ध्वंस गर्छ र ती क्षेत्रमा कुशलता बढाउन सहयोग गर्छ । कुनै स्टार्ट अप सफल भए पनि केही समयपछि त्यो असफल हुन पनि सक्छ । केही वर्ष असफल भएको स्टार्ट अप पछि सफल भएको पनि पाइन्छ । त्यसैले केही वर्षको मात्र प्रगति हेरेर सेन्टर उपयुक्त वा अनुपयुक्त भन्ने अर्थ निकाल्नु हुँदैन । स्टार्ट अपको सफलतासँग इन्क्युबेशन सेन्टरको सम्बन्ध खोज्न मिल्दैन ।

प्रभावकारी भएन सल्यानमा स्वास्थ्य बिमा

सल्यान : आर्थिक अभावले उपचारबाट बञ्चित हुन नदिन सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम सल्यानमा प्रभावकारी नदेखिएको पाइएको छ। संघीय सरकारले तामझामसहित सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अधिकांशलाई जानकारी नहुँदा प्रभावकारी बन्न नसकेको हो।विश्वभर फैलिएको कोरोना महामारीका कारण सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा सल्यानमा मात्र नभई देशभर प्रभावकारी नदेखिएको स्वास्थ्य बिमा कार्यक्रम सल्यानका जिल्ला संयोजक लालबहादुर खड्काले बताए।उनले भने, ‘कार्यक्रम सञ्चालन गरेको केही महिनापछि नै कोरोनाक