बारा – बाराको सिम्रौनगढ नगरपालिका–१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटकाे गाडी (जीप) नियन्त्रणमा लिएकाे छ ।
बैरियाबाट सिम्रौनगढ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको भन्सार महसुल नतिरी चलाएको गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले हिजाे साेमवार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।