आज बालदिवस । राज्यले भाइबहिनीहरूका निम्ति तोकिदिएको दिवस । आजको दिन सरकारले बालबालिकाहरूका लागि पहिले गरेको कामको समीक्षा गर्छ र पछि गर्नुपर्ने कुराको चर्चा गर्छ । यसको अर्थ सरकारले मात्र सोच्ने दिन भन्ने होइन भाइबहिनीहरूले पनि आफ्ना लागि सोच्ने दिन हो । यस दिनले बालबालिकालाई कसरी असल मानिस बनेर देश र समाजको सेवा गर्न सकिन्छ भन्ने कुरा सिकाउन खोजेको छ । यस सम्बन्धमा यहाँ यस्तै एउटा रोचक कथा प्रस्तुत गरिएको छ, जसले भाइबहिनीहरूलाई असल नागरिक भन्नेबारे जानकारी गराउनेछ ।प्रसङ्ग महाभारतको हो ।