मामाघर (बालकथा)

एउटा गाउँमा आमा र छोरा बस्थे । छोराको नाम राम थियो । रामका बुवा भने खर्चबर्च जुटाउन विदेश जानु भएको थियो । जाडो निकै बढेको थियो । विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा चल्दै थियो । विद्यालयबाट आज राम अलि छिटो घर आयो । आमालाई भन्यो, आमा आजबाट विद्यालय पन्ध्र दिन छुट्टी भयो नि । ए ल गज्जब भएछ म एउटा योजनामा छु । अब तिमीलाई मामाघरमा घुमाउन लौजान्छु । कति भइसक्यो मामाघर जान नपाएको राम आमाको कुरा सुनेर मुसुक्क हाँस्यो । भोलिपल्ट झुल्केघामसँगै आ