काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका अमूल्य गहना भएको बताएका छन् । आज आरके इन्टरटेनमेन्ट गु्रपको २२औँ वार्षिक उत्सव समारोहमा उनले कलाकार तथा संस्कृति भनेको राष्ट्र चिनाउने माध्यम भएकाले कला तथा संस्कृति राष्ट्रको अमूल्य गहना भएको बताए । उनले भने, “कला र संस्कृति भनेको राष्ट्र चिनाउने चिज हो, यसको संरक्षणका लागि मैले सधैँ सहयोग गर्नेछु ।”