पछिल्लो केही दिनयता भारतमा बढ्दै गएको कोरोना संक्रमणले चौथो लहरको सम्भावना बढेको छ । यसपटक बालबालिकामा सङ्क्रमण दरले चिन्ता बढाएको छ । दिल्लीमा कोरोनाबाट अस्पताल भर्ना भएका बिरामीमध्ये २७ प्रतिशत बालबालिका रहेका छन् । दिल्लीको छेउमा रहेको नोएडा र गाजियाबादमा धेरै स्कुल जाने बच्चाहरू संक्रमित भएको रिपोर्टहरू छन् । दिल्लीमा हाल कूल ५१ कोरोना बिरामी अस्पतालमा भर्ना छन्, जसमध्ये १४ बालबालिका छन्।योसँगै देशमा ११ साताको गिरावटपछि पहिलो पटक कोरोना संक्रमित बढेका छन् । राजधानी दिल्ली, हरियाणा, यूपीमा पन