नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवर्द्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमुलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरे ।