सरकारले अघि बढाउन लागेको दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइनको मोडालिटी (प्रारूप)का सम्बन्धमा अन्योल उत्पन्न भएको छ । अन्तरदेशीय प्रसारण लाइन बनाउनका लागि दुवै देशबीच सहमति भएपनि नेपाल र भारतबीच कुन मोडालिटीमा बनाउने भन्नेमै अन्योल देखिएको हो । विगत तीन वर्षदेखि दुवै देशबीच मोडालिटी निर्माणका लागि बैठक र छलफल अघि बढे पनि अझै टुंगो भने लागिसकेको छैन ।