अविरल वर्षाले हवाई उडान प्रभावित : केही डाइभर्ट, केही रद्द !

काठमाडौं । शनिवार (हिजो) रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तरराष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।  विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौं–पोखरा रुटका तीन ओ‌टा र बुद्ध एयरकै काठमाडौं–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ । रासस

सम्बन्धित सामग्री

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, केही उडान रद्द

बाक्लो तुवाँलोले गर्दा पोखरा–काठमाडौं हवाई उडान प्रभावित भएको छ। पोखरामै बास बसेका बुद्धका दुई र यतीको एउटा जहाज बुधबार बिहानै उडेर काठमाडौं गएको बाहेक पोखरामा बाहिरबाट जहाज आउन सकेका छैनन। तुवाँलोले भिजिविलिटी नपुग्दा हवाई उडान प्रभावित भएको हवाई कम्पनिल...

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१७ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ । विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ । बुधबार तुम्लिङटारका पनि सबै उडानहरु […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ । अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको […]

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।...

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।...

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।...

हिमपातले हुम्लामा हवाई उडान प्रभावित

हुम्ला - उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएकोे छ । आज बिहानदेखि हुम्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् । हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराईको क्षेत्रमा बाक्लो हुस्सु तुवाँलोसहित कुइरो लागेपछि उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा ब...

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

२ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् । झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । उचाई चलचित्रको सुटिङमा […]

प्रतिकुल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

आइतबार बेलुकादेखि निरन्तर भएको वर्षाका कारण पोखराको हवाई उडानमा सोमबार र मंगलबारको हवाई उडान प्रभावित भएका छन् । प्रतिकुल मौसमका कारण सोमबार पूर्ण रुपमा हवाई उडान प्रभावित भएको थियो भने मंगलबार करिब २ः३० बजे पछि मौसम अनुकुल भएसँगै १६ मध्ये ४ वटा मात्र हवाई उडान भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए […]

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो।