नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पार्टीले सामग्री प्रदान गरेको हो। नेकपा रसुवाका अध्यक्ष कन्र्याल लामाले मंगलबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई सामग्री हस्तान्तरण गरे।