ओटीसी मार्केटमा  ४१ कम्पनीको शेयर कारोबार, बजार विस्तारमा नेप्सेको जोड

काठमाडौं । ओटीसी (ओभर द काउन्टर) मार्केटमा चालू आर्थिक वर्षको ८ महीना अर्थात् फागुन मसान्तसम्ममा ४१ कम्पनीको धितोपत्र कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यी कम्पनीको रू. १ अर्ब ५९ करोड ५२ लाख ८५ हजार बराबरको १ करोड २३ लाख १९ हजार ७६१ कित्ता धितोपत्र कारोबार भएको छ । नेपालमा सूचीकरण नभएका धितोपत्र कारोबारका लागि नेप्से ले नै ओटीसी मार्केट सञ्चालन गरिरहेको छ । यो बजारमा सूचीकृत नभएका धितोपत्रहरूसँगै सरकारी ऋणपत्रहरूको समेत कारोबार हुने गरेको नेप्सेले जानकारी दिएको छ ।  नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले धितोपत्र बजारमा जस्तो यो बजारमा दैनिक कारोबार नहुने जानकारी दिएका छन् । पछिल्लो समय विस्तारको क्रममा रहेको ओटीसी बजारमा सूचीकरण प्रक्रियामा रहेका कम्पनीहरूको समेत कारोबार भएको पराजुलीको भनाइ छ ।  धितोपत्र बजारमा जसरी लगानीकर्ताको पहुँच विस्तार भएको छ, त्यसरी ओटीसी बजारको पहुँच विस्तारमा नेप्सेले जोड दिएको जानकारी समेत पराजुलीले गराए । अन्य देशहरूमा धितोपत्र बजार सञ्चालन गर्ने संस्थाभन्दा बाहिरको संस्थाहरूले सञ्चालन गर्ने ओटीसी बजार नेपालमा भने धितोपत्र बजार सञ्चालकले नै सञ्चालन गरेको समेत उनको भनाइ छ ।  पहिलाको तुलनामा ओटीसी बजार पनि विस्तार हुँदै गएको भए पनि आम जनतामा ओटीसी बजारको जानकारी कम रहेको उनको भनाइ छ । बजारसम्बद्ध निकायहरूले वित्तीय साक्षरता अभियान चलाइरहँदा धितोपत्र बजारसँगै ओटीसी बजारको विषयलाई पनि जोड्न आवश्यक रहेको समेत पराजुलीको बुझाइ छ ।   नेप्सेको तथ्यांकअनुसार आईपीओ निष्कासनका लागि बोर्डबाट स्वीकृति पाइसकेको रिभर फल्स पावर, बोर्डमा निवेदन दर्ता गरिसकेको मुक्तिनाथ कृषि कम्पनी, सिकलेस हाइड्रोपावर लिमिटेड र सुपरमाई हाइड्रोपावर लिमिटेडको धितोपत्र ओटीसी मार्केटमा कारोबार भएको छ ।  मुक्तिनाथ कृषि कम्पनीको माघ ४ गते रू. ३१ लाख ५० हजार बराबरको ३० हजार कित्ता र फागुन १५ गते रू. ४३ लाख ७ हजार ५०० बराबरको ४१ हजार ५०० कित्ता शेयर कारोबार भएको छ । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि रू. ४ करोड बराबरको ४ लाख कित्ता आईपीओ विक्री गर्न फागुन २० गते बोर्डमा निवेदन दर्ता गराएको छ । त्यस्तै बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिइसकेका रिभर फल्स पावरको कात्तिक ७ गते रू. २ करोड १० लाख १६ हजार ३०० बराबरको २ लाख १० हजार १६३ कित्ता, सुपरमाई हाइड्रोको कात्तिक २६ गते रू. ५० लाख बराबरको ५० हजार कित्ता र सिकलेस हाइड्रोपावरको रू. २ करोड ४ लाख ३५ हजार बराबरको १ लाख ९७ हजार २०० कित्ता शेयर कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । यीसँगै ४१ कम्पनीहरूभित्र वर्ल्डलिंक, सन् नेपाल लाइफ, प्रभु क्यापिटल, मुक्तिनाथ क्यापिटल, हुलास मेटल क्राफ्ट, एनसेल लगायतका कम्पनीको समेत धितोपत्र खरीदविक्री भएको छ । साउन १९ गते एनसेलको रू. १ लाख २४ हजार १०० मूल्यमा १ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।  यस अवधिमा सर्वाधिक रकम रू. ४७ करोड ४३ लाख ६० हजार बराबरको ३४ लाख ५७ हजार १६७ कित्ता शेयर कारोबार भने सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको भएको छ ।  नेपालको धितोपत्र बजारको विकासका योजनाहरूमा ओटिसी बजार पनि एउटा प्रमुख योजनाभित्र पर्ने भएकाले यस विषयलाई पनि वित्तीय साक्षरता अभियानमा जोड्न आवश्यक रहेको बुझाइ नेप्सेको रहेको छ । नेप्सेले २०६५ साल जेठ २२ गतेदेखि ओटीसी बजार सञ्चालन गर्दै आएको छ । लामो समय निष्क्रिय रहेको उक्त बजारमा आर्थिक वर्ष २०७५/७६ मा बोर्डले धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनीका धितोपत्रहरू खरीद विक्री ओटीसी बजारमा गर्न सकिने जानकारी गराएको थियो । सो पश्चात् कम्पनी रजिस्ट्रारको कार्यालयबाट धितोपत्र बजारमा सूचीकरण नभएका, धितोपत्र बजारबाट खारेज गरिएका तथा सूचीकरणका लागि आवश्यक शर्तहरू पूरा गर्न नसकी सूचीकरण हुन नसकेको पब्लिक लिमिटेड कम्पनीहरूको शेयर कारोबार तथा नामसारी ओटिसी बजारमार्फत गर्न सकिने सूचना सार्वजनिक भएसँगै यो बजारले गति लिएको जानकारी नेप्सेले गराएको छ ।

सम्बन्धित सामग्री

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य

मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो ।हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयर कारोबार शेयरधनीबाहेकको फुकुव

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल …

इन्भेस्टमेन्ट र मेगा बैङ्कको शेयर कारोबार रोकियो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैङ्कले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैङ्कका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैङ्क […]

शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ […]

प्रभु बैंकको शेयर कारोबार रोक्का

२५ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । शेयर कारोबार समयमा नै बैंकको सञ्चालक समिति बैठक बसी लाभांश घोषणा गरिएको र यसले मूल्यमा असर परेको भन्दै नेप्सले बैंकको शेयर कारोबार रोक्का गरेको हो । प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । बैंकले शेयरधनीहरूलाई चुक्ता […]

रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबारदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको […]

शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड

सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो ।देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...