डोटी । डोटीको बडीकेदार गाउँपालिकावासीको विद्युत सेवामा पहुँच पुगेको छ । नेपाल विद्युत प्राधिकरणको दिपायल कार्यालयका प्रमुख शिवशङ्कर सोनीले गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं २ को खड्यौलीमा बिजुली बलेको जानकारी दिए । प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा गाउँपालिकाको मुकामसम्म बिजुली विस्तार गरिएको सोनीले बताए । आर्थिक वर्ष २०७९/०८० को टेन्डर अनुसार ११.४७ किलोमिटर […]
काठमाडौं। भारतमा नेपाली गोलभेडाको माग बढ्न थालेपछि नेपालमा प्रतिकेजी २० रुपैयाँले सस्तिएको छ। राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नुपर्नेमा अर्थमन्त्री प्रकाशशरण महले जोड दिएका छन्। बिजुली निर्यातमा नेपाललाई एक वर्षमा ९ अर्ब बराबर व्यापार घाटा भएको छ। काठमाडौंबाट प्रहरीले ५२ लाख ७३ हजार रुपैयाँ नक्कली नोटसहित ९ जनालाई प्रक्राउ गरेको छ।
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास LP Gas (एलपीजी)को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी (LPG) खपत भएको छ । गत आव २०७८/७९ को सोही अवधिमा यो परिमाण ३० करोड ९९ लाख १४ हजार किलो थियो ।
यो तथ्यांकले आव २०७८/७९ तुलनामा चालू आवमा १ करोड ५६ लाख ८७ हजार किलोले एलपीजी खपत घटेको छ । नेपाल आयल निगमका अधिकारीहरू देशमा एलपीजीबाट बल्ने चूल्होको विकल्पका रूपमा प्रयोग हुने विद्युतीय उपकरण (Electric Equipment) को प्रयोग बढेपछि यो स्थिति आएको बताउँछन् ।
‘खाना पकाउने, पानी तताउनेलगायत काममा बढीजसो एलपीजी प्रयोग हुने हो । पछिल्लो समय यस्ता कार्यमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको छ । त्यही भएर एलपीजी खपत घटेको हुनसक्छ,’ निगमका सहप्रवक्ता पुस्कर कार्कीले भने । कार्कीले खपतमा कमी देखिए पनि एलपीजी प्रयोगकर्ताको दायरा फराकिलो बन्दै गएको बताए ।
उनका अनुसार पछिल्लो समय पहाडी भेग र गाउँमा पनि एलपीजी प्रयोग हुन थालेको छ । पहाडी भेगमा शहरी क्षेत्रको तुलनामा खपत निकै कम छ । विद्युत् आपूर्ति नियमित हुन थालेसँगै बढी एलपीजी खपत गर्ने शहरी उपभोक्ताले विद्युतीय उपकरणको प्रयोग बढाएको जानकारहरू बताउँछन् । विद्युतीय उपकरणको प्रयोग बढ्नुका पछाडि यस्ता उपकरण तुलनात्मकरूपमा सस्तो र सजिलो हुनुले भूमिका खेलेको उनीहरूको भनाइ छ ।
नेपालका पहाडी क्षेत्र र ग्रामीण इलाकातिर अहिले पनि दाउराको प्रयोग प्रशस्त मात्रामा हुने गरेको छ । ग्रामीण उपभोक्ताले एलपीजीको प्रयोग छोटो समयमा गर्नुपर्ने एवं कम खपत हुने काममा मात्रै गर्छन् । त्यही भएर एउटै एलपीजी सिलिन्डर महीनौं चल्न जान्छ ।
विद्युतीय उपकरणको कारोबार गर्ने व्यापारी विद्युतीय चूल्हो, राइस कुकुर (Rice Cooker) , किट्ली, जग, रड जस्ता सामग्रीको प्रयोग उल्लेख्य मात्रामा बढेको बताउँछन् । पहिला निकै सम्झाउँदा पनि किन्न नखोज्ने उपभोक्ता पछिल्लो समय विद्युतीय उपकरण किन्न खोजी खोजी आउने गरेको एक व्यापारीले सुनाए । ती व्यापारीले यस्ता विद्युतीय सामग्री आफूले निकै धेरै मात्रामा राख्ने गरेको बताए ।
मुलुकभित्र बिजुली खपत बढेको देखाउने नेपाल विद्युत् प्राधिकरण (Nepal Electricity Authority) को तथ्यांकले पनि विद्युतीय उपकरणको प्रयोग बढेको पुष्टि गर्छ । विद्युत प्राधिकरण (NEA) को तथ्यांकअनुसार आव २०७८/७९ को पहिलो ७ महीनामा ४१ लाख ७१ हजार मेगावाट जलविद्युत् खपत भएको थियो । चालू आव २०७९/८० को सोही अवधिमा विद्युत् खपत बढेर ५२ लाख ६७ हजार मेगावाट पुगेको छ । तथ्यांक केलाउँदा चालू वर्षको ७ महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० लाख ९६ हजार मेगावाटले बढी बिजुली खपत भएको देखिन्छ ।
उपभोक्ता पनि विगतको तुलनामा इन्धनका रूपमा ग्यास खपत घटाएर बिजुलीतिर आकर्षित भएको बताउँछन् । कोटेश्वरकी एक गृहणीले ग्यासभन्दा बिजुली सस्तो हुने सुनाइन् । विनासूचना विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या पूर्णरूपमा हटाउन सके भान्छामा ग्यासको सट्टा बिजुली प्रयोग गर्न सर्वसाधारण आकर्षित हुने उनको भनाइ छ ।
इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सकिनेछ । ईसेवाका अनुसार साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
जलविद्युत् प्रवाहित ऊर्जा उत्पादनको इतिहासको शुरुआत १९ औं शताब्दीको अन्त्यतिर सन् १८८२ मा अमेरिकाको विस्कनसिनस्थित फक्स नदीमा सञ्चालन भएको थियो । आधुनिक जलविद्युत्को थालनी भएको अहिले १५० वर्ष पुगेको छ । यो १५० वर्षको अवधिमा यसमा संसारभरि अकल्पनीय प्रगति भएको छ । पानी जीवन हो र त्यसको विविध उपयोग संसारभरि नै प्राग्ऐतिहासिक कालदेखि नै हुँदै आएको छ । नेपालमा पनि कुटानीपिसानीका लागि शताब्दीऔं अघिदेखि पानीघट्टको प्रयोग हुँदै आएको थियो ।
मुलुकमा वर्षभरि नै पुग्ने विद्युत् अझै उत्पादन हुन सकेको छैन । तर, वर्षा याममा भारतले विद्युत् नकिनिदिने हो भने ठूलै आकारको विद्युत् खेर जाने सम्भावना कायमै छ ।
मुलुकले बिर्सेको गौरवशाली इतिहास
नेपालको जलविद्युत् इतिहास गर्व गर्न लायकको छ । तर, त्यस्तो महत्त्वपूर्ण इतिहासको संरक्षण, संवर्धन, प्रचार, प्रसार हुन नसकेको देखिन्छ । अमेरिकाको विस्कनसिनस्थित प्रथम जलविद्युत्को थालनी भएको ३० वर्षको छोटो अवधिमै सन् १९११ मा राजा पृथ्वीवीर विक्रम शाहको पालामा काठमाडौंनजिक फर्र्पिङ जलविद्युत् सञ्चालनमा आएको थियो । ५ सय किलोवाट क्षमताको उक्त आयोजना दक्षिण एशियाकै दोस्रो जलविद्युत् आयोजना थियो । फर्पिङ जलविद्युत् आयोजना नेपालको जलविद्युत् विकासको प्रस्थान बिन्दु मात्रै नभई राष्ट्रिय गौरव समेटेको ऐतिहासिक सम्पदा हो । अहिले न यो जलविद्युत् आयोजनाको संरक्षण गरिएको छ, न सञ्चालन । जलविद्युत् क्षेत्रको जीवित इतिहासको घोर अपमान भएको छ, फर्पिङमा । क्षतविक्षत र अपमानित ढंगले राष्ट्रिय सम्पत्ति र महत्त्वपूर्ण सम्पदाको दुरुपयोग हुनु अति दु:खद मात्रै होइन, लज्जास्पद पनि छ ।
सन् १८५८ देखि भारत ब्रिटिश अधीनमा रहेको अवस्थामै सन् १८९७ मा आर्य चिया बगानको फेदीमा बनेको सिड्रापोङ जलविद्युत् योजना एशियाली भूगोलको शायद प्रथम जलविद्युत् योजना थियो । १७० किलोवाट क्षमताको उक्त योजनाको सन् १९१६ मा क्षमता वृद्धि गरी १ हजार किलोवाट पुर्याइएको थियो । सन् १९८० को भीषण पहिरोले क्षति पुर्याएपछि सन् १९९७ मा त्यसको मर्मतसम्भार गरेर भव्य रूपमा शताब्दी समारोह मनाइएको थियो । अहिले उक्त आयोजनालाई भारत सरकारले सांस्कृतिक सम्पदा घोषणा गरी सञ्चालन र संवर्धन गरेको छ । सिड्रापोङ जलविद्युत् योजना अहिले पर्यटकको उत्कृष्ट गन्तव्य स्थल मात्रै नरहेर जलविद्युत् क्षेत्रमा काम गर्ने, अनुसन्धान गर्ने र इतिहासमा रुचि राख्ने जिज्ञासुहरूको अध्ययन स्थलका रूपमा प्रख्यात छ । त्यस्तै अमेरिकाको कोलोराडो नदीमा बनेको हुभर ड्याम पनि विश्व प्रख्यात छ । चरम आर्थिक मन्दीका बीच सन् १९३५ मा सञ्चालनमा ल्याइएको उक्त जलाशययुक्त जलविद्युत् योजना संसारकै नमूना योजनाको रूपमा प्रख्यात छ । उक्त योजनालाई अमेरिकी सरकार र अन्य सम्बद्ध निकायले ऐतिहासिक तथा महत्त्वपूर्ण आयोजनाका रूपमा प्रवर्द्धित गरेकाले त्यहाँ दिनहुँ हजारौंको संख्यामा पर्यटकको घुइँचो लाग्ने गर्छ । एउटा आयोजनाको कारणले त्यो क्षेत्रको मात्रै नभई वरिपरिको ठूलो भूभागकै कायापलट हुन पुगेको छ ।
हाम्रो देशमा यति महत्त्वपूर्ण ऐतिहासिक योजनाको संरक्षण हुन नसक्नु राष्ट्रकै ठूलो क्षति र मानमर्दन भएको मान्नु अतिशयोक्ति हुने छैन । सरकारको ध्यान फर्पिङ जलविद्युत् आयोजनाको संरक्षण र संवर्धनतर्फ जावोस्, जसले गर्दा नेपालको आफ्नो इतिहासलाई जीवन्त राख्दै जलविद्युत् विकासको लामो यात्रामा थप ऊर्जा प्रदान गर्नेछ ।
संयोग भनौं कि के भनौं, विशाल भूगोल ओगटेको छिमेकी चीनको जलविद्युत् विकासको इतिहास हेर्ने हो भने त्यहाँ हाम्रो भन्दा १ वर्षपछि अर्थात् १९१२ मा युनान प्रान्तमा पहिलो जलविद्युत् योजना बनेको देखिन्छ । अहिले आएर चीन विकास निर्माण र अनुसन्धानलगायत आधुनिक विकासको क्षेत्रमा जसरी शिखर चुमिरहेको छ, त्यही गतिमा ऊर्जा उत्पादनमा अग्रस्थानमा रहेको छ । आकाशिँदो कार्बन विसर्जन र प्रदूषणले गर्दा पृथ्वीको तापक्रम बढ्ने क्रम तीव्र हुँदै जाँदा मानवसमेत सम्पूर्ण जनावर, चराचुरूंगी र ब्रह्माण्डकै भविष्यको चिन्ताले ग्रस्त मानव जातिले कार्बनरहित ऊर्जामा ध्यान केन्द्रित गर्दै छ । कार्बनरहित ऊर्जा उत्पादनमा जलविद्युत् एक प्रमुख सफल विधा भएकाले नेपालको मात्रै होइन, सम्पूर्ण विश्वकै ध्यान त्यसतर्फ केन्द्रित भएको छ । तर, नेपाल जलविद्युत् क्षेत्रको एक पायोनियर मुलुक भए पनि विद्युत् उत्पादनमा लामो समयसम्म वाञ्छित काम हुन सकेन, यो प्रश्न पेचिलो बनेको छ ।
जल विद्युत् विकासको गति र समस्या
२००७ सालमा प्रजातन्त्र प्राप्तिपछिको अवधिमा जलविद्युत् आयोजना सञ्चालनलाई प्राथमिकतामा राखेको देखिन्छ । २०४७ साल अघि बनेका त्रिशूली, देवीघाट, कुलेखानी, मस्र्यादी प्रमुख रहेका छन् । सन् १९९० को दशक अघिसम्म शहरीकरणको क्रम त्यति तीव्र नरहेको, सडक सञ्जाल बढाउने कार्य भइरहेको, सञ्चार माध्यम शनै: शनै: गतिमा विकसित हुँदै गएको आदि कारणले होला विद्युत् उपभोगको माग पनि कमै रहेको थियो । आधुनिकताको क्रम १९७० को दशकपछि तीव्र गतिमा बढ्न थालेपछि विद्युत् माग ह्वात्तै बढ्न थालेको पाइन्छ । यसरी हेर्दा विद्युत् उत्पादनमा केही दशक काम अघि बढेको भए पनि अरू मुलुकहरूको दाँजोमा जलस्रोतको धनी नेपालपछि परेको भन्दा गलत हुने छैन । २०४७ साल पछिको परिवर्तनमा विकासको लहरका नारा घन्किए पनि वास्तविकतामा तिनले साकार रूप भने लिन सकेनन् ।
२०६३ को परिवर्तनपछि झनै लुछाचुँडी र भद्रगोल राजनीतिक व्यवस्थापनले कुनै पनि क्षेत्रमा सकारात्मक प्रगति हुन सकेन । यो ३१ वर्षमा उदार आर्थिक नीतिको फलस्वरूप जलविद्युत्तर्फ निजीक्षेत्रले निकै चासो लियो र धेरै आयोजनाहरू निजीक्षेत्रले सञ्चालन गरेको छ ्। तर, यो पनि विकृतिको चाङभित्र असरल्ल अवस्थामा पुग्यो । खासगरी नीतिगत तहको भ्रष्ट प्रवृत्तिले गर्दा राजनीतिक र अरू धनीमानी, माफिया तत्त्वहरूको प्रभाव र लोभमा भटाभट खोलाको लाइसेन्स दिने काम भयो । कतिपय ठाउँमा त्यस्तो लाइसेन्स अर्को पार्टीलाई बेच्ने र नाफा कमाउने धन्दा भयो भने कतिपय अवस्थामा काम गर्न खोज्ने र सक्ने निजी व्यवसायीले लाइसेन्स पाएनन् जसले गर्दा धेरै उपयुक्त ठाउँमा पनि आयोजना शुरू हुन सकेनन् । यसै अवधिमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गत धेरै आयोजनाहरू सम्पन्न भए जसले गर्दा विद्युत् आपूर्तिको वृद्धि हुन गई देशका दुर्गम भेगसम्म बिजुलीको पहुँच पुग्न सक्यो । तर, देशमा वर्षभरि नै पुग्ने विद्युत् भने अझै उत्पादन हुन सकेको छैन । तर, वर्षा याममा भारतले विद्युत् नकिनी दिने हो भने ठूलै आकारको विद्युत् खेर जाने सम्भावना कायमै छ ।
माथिल्लो तामाकोशीको निर्माण सम्पन्न भएपश्चात् अरू थपिने क्रमका आयोजनाहरू हेर्दा विद्युत् आपूर्तिमा भावी दिनहरू सुगम हुने देखिन्छ, बचेको बिजुली राजनीतिक तहबाट भारतसँग उपयुक्त सम्झौता हुन सक्यो भने मात्र यो फलदायी हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति र पुनर्नियुक्तिले त्यहाँको व्यवस्थापकीय सुधारले विद्युत् कटौतीको लामो शृंखलाबाट देशले राहत पाएको छ ।
नेपालको सबैभन्दा बृहत् आधारभूत संरचना विद्युत् प्रसारण लाइन
नेपालको सबैभन्दा बृहत् पूर्वाधार भनेकै विद्युत् प्रसारण सेवा हो जुन देशको कुनाकाप्चाका घरघरमा पुगेको छ । हाल देशका करीब ५४ लाख २७ हजार घरधुरीमध्ये ५२ लाख ५० हजार घरधुरीमा विद्युत् आपूर्ति पुगेको छ । यसरी हेर्दा देशका ९२ प्रतिशत जनताको घरसम्म विद्युत् पूर्वाधार पुगेको छ । अब र⋲यो सेवालाई गुणस्तरीय बनाउने कुरा । त्यतातर्फ धेरै काम हुन् बाँकी नै छ । अहिलेको महसुल दर महँगो भन्ने कुरा सबैतिर उठिराखेको छ । तर, समस्या फेरि देशको उपल्लो राजनीतिक तह, उद्योगपति, इन्टरनेट सेवाप्रदायक, टिभी च्यानल आदिसँग ठोकिन जान्छ ।
इन्टरनेट प्रदायकलगायत व्यवसायीले महसुल तिर्दैनन् आम उपभोक्तालाई महँगो :
प्राधिकरणको पूर्वाधार प्रयोग गरेर सेवा लिने इन्टरनेट सेवाप्रदायक, टिभी च्यानल आदि उनीहरूका ग्राहकबाट अग्रिम र मनलाग्दो भाडा असुल्छन् । १–२ दिन भुक्तानी ढिलो हुँदा उनीहरूले तत्काल ग्राहकको इन्टरनेट वा टिभी च्यानल र लाइन काट्छन् तर त्यही सेवा लिएबापत अति सस्तो रेटमा तिर्नुपर्ने मासिक महसुल प्राधिकरणलाई वर्षांैदेखि तिरेका छैनन् । कतिले त तिर्दै तिर्दैनन् पनि भनिन्छ । यस्ता सेवाप्रदायक भनिने व्यापारीहरूको कम्पनीमा नेता, पत्रकार, मिडिया हाउसलगायत भुइँफुट्टा वर्गकै लगानी र हालीमुहाली छ । महसुल तिर्न भन्यो वा केही बढाउन खोज्यो भने यो भुइँफुट्टा वर्ग तत्काल आक्रामक रूपमा प्रस्तुत हुन्छ । उनीहरूलाई सरकारको उच्च तहबाट हुने भित्री समर्थनले गर्दा प्राधिकरणले हरेक महीना करोडौं गुमाएको छ, भनिन्छ । यदि यस्तो लूट रोकिने हो भने निश्चय पनि आम उपभोक्ताले धेरै सस्तोमा विद्युत् सेवा पाउने थिए । तर, लोकतन्त्र भन्ने अनि कुलीनतन्त्रको, सिन्डिकेटतन्त्र अनि माफियातन्त्रको हालीमुहाली चलुन्जेल आम उपभोक्ता ठगिइरहनेछन् । सुन्ने अनि कारबाही गर्ने र पद्धति बसाल्ने आँट भएको सरकार हुने हो भने नेपालका विद्युत् ग्राहकले अहिले कायम भएको महँगो महसुलको भार भोग्नुपर्ने थिएन ।
लेखक संयुक्त राष्ट्रसंघका पूर्वकर्मचारी हुन् ।
नेपालमा विद्युत जडान भएका घरको संख्या आधा करोड नाघेको छ । हालै सार्वजनिक एक तथ्यांक अनुसार देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिकतर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको छ । चालु …
देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिक तर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको छ ।चालु आर्थिक वर्षको ६ महिनामा नै प्राधिकरणको ग्राहक सङ्ख्यामा एक लाख १२ हजार थप भएको छ । गत असार मसान्तमा कूल ग्राहक सङ्ख्या ५१ लाखको हाराहारीमा थियो । विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्यामा क्रमशः बढोत्तरी हुँदै गएको छ । देशभर पछिल्लो विवरणअनुसार झन्डै ९२ प्रतिशत घरपरिवारमा बिजुलीक
चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा अरुण कावेली पावर Arun Kabeli Power को खुद नाफा १९.२३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड ३५ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी खुद नाफा बढेर १३ करोड ५३ लाख पुगेको हो । यस अवधिमा कम्पनीले २६ करोड ६९ लाख बराबरको बिजुली बेचेको थियो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २२ करोड ५२ लाख बराबरको बिजुली बेचेको थियो । कम्पनीको चुक्ता पुंजी १ अर्ब ५८ करोड रहेको छ भने रिजर्भमा २६ करोड ६९ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ३४.१५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२६.८१ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३०.२८ रुपैयाँ थियो भने प्रति शेयर नेटवर्थ ११३.७३ रुपैयाँ थियो ।