कोरोनाको नयाँ भेरियन्टका शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता

काठमाण्डाै - दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन'का शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता अपनाइएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्ति नयाँ भेरियन्टबाट सङ्क्रमित भएको हुनसक्ने  पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्विटमा उल्लेख गर्नुभएको छ । उहाँले ती व्यक्तिमा ‘ओमिक्रोन’ भेरियन्टको बलियो सम्भावना रहेको र होम क्वरेण्टीनमा राखिएकाे बताउनुभएको छ । तर पुष्टिका लागि थप अनुसन्धान हुन बाँकी नै रहेको समाचार संस्था एएफपीले जनाएको छ । ...

सम्बन्धित सामग्री

बेइजिङमा समुदायमै देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, २ माघ। चीनको बेइजिङमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोना भाइरसको परीक्षणलाई तीव्र पारेको छ। बेइजिङमा समुदाय स्तरमा नै ‘ओमिक्रोन’ संक्रमित भेटिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको अलजजीरामा उल्लेख छ । बेइजिङमा समुदायमा ओमिक्रोन संक्रमित भेटिएको यो पहिलो घटना भएको जनाइएको छ। संक्रमित व्यक्ति कहिंकतै गएका थिएनन्। शनिबार […]

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ । अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम ...

दक्षिण पूर्वी एशियाका देशलाई उच्च सतर्कता अपनाउन ब्ल्युएचओले दियो सुझाव

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता फैलिएसँगै नेपाल लगायत दक्षिण पूर्वी एशियाका देशलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण– पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ । डब्लूएचओकी क्षेत्रीय निर्देशक डा […]

ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव

मंसिर १२, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट अफ कन्सर्न ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण पूर्वी एशियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण- पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ । डब्लूएचओकी क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांस देशहरुमा कोभिड- १९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको भन्दै अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न शतप्रतिशत प्रयास दिन जरुरी रहेको  उल्लेख गरिन् । विज्ञप्तीमा दक्षिण- पूर्वी एशियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । साथै उसले सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तरराष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ । जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड- १९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुने विज्ञप्तिमा उल्लेख छ । उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् ।डब्लूएचओले यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका पनि बताएको छ ।

सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने

काठमाण्डाै - दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ । दक्षिण अफ्रिका, हङकङलगायतका देशमा देखिएको भेरियन्ट नेपालमा पनि आउन सक्ने उच्च जोखिम रहेको विज्ञले बताएका छन् । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने भएको छ । सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दैछ । ब...