काठमाडौं : देशभरका ११ मध्ये अब ३ वटा उपमहानगरको नतिजा आउन बाँकी छ। तीमध्ये तुल्सीपुर उपमहानगरमा नेकपा एमालेको अग्रता छ भने धरान र जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ। धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईलाई पछि पार्दा जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी एमालेका शिवशंकर शाहभन्दा अगाडि छन्। तुलसीपुरमा एमालेका उम्मेदवार टीकाराम खड्कालाई गठबन्धनका गेहेन्द्र गिरीले पछ्याइरहेका छन्। खड्काले १६ हजार ४९