ओलीले मानेनन् बैठक रोक्ने माधव समूहको प्रस्ताव

काठमाडौं। स्थायी कमिटि बैठक रोक्ने प्रस्ताव लिएर पुगेका माधव नेपाल समूहका एमाले नेताहरुको प्रस्ताव अध्यक्षले इन्कार गरिदिएपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका छन्। बैठकमा पुगेर माधव समूहका नेता भीम रावलले कार्यदलको सहमति, एमालेको एकता जोगाउन बैठक स्थगित गर्न आग्रह गरेका थिए। “हामीले हाम्रा विषय राख्यौं, हाम्रा कुरा सुनेपछि अध्यक्ष केपी शर्मा ओलीले बैठक जारी रहने एजेण्डा अगाडि बढाउनुस् भन्नुभयो, हामी बाहिरियौं।”रावलले भने।

सम्बन्धित सामग्री

स्थायी कमिटी बैठक रोक्न नेपाल समूहको आग्रह, ओलीले गरे अस्वीकार

३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न […]