हिरो मोटोकर्प र गोगोरो इंकबीच रणनीतिक साझेदारी, विद्युतीय सवारी विकासमा सहकार्य हुने

काठमाडौं। हिरो मोटोकर्प र गोगोरो इंकले शुक्रबार भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई प्रवर्द्धन गर्न रणनीतिक साझेदारीको घोषणा गरेका

सम्बन्धित सामग्री

हिरो मोटोकर्प–गोगोरो रणनीतिक साझेदारी

काठमाडौं (अस) । हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वमै अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफर्म ल्याउन दुवै कम्पनीले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ । हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारी साधन विकासमा सहकार्य गर्नेछन् । ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण ‘गतिशीतलाको भविष्य बन्नेअनुरूप छ, जुन आफ्नो लक्ष्य सिर्जना, सहकार्य र प्रेरणामार्फत जीवन्त तुल्याउँदै छौं,’ साझेदारीबारे हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा.पवन मुन्जालले भने । साझेदारीले आफ्नो अनुसन्धान र विकास (आरएन्डडी) हब जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको टेक सेन्टरमा भइरहेका कामलाई थप विस्तार गर्ने उनले बताए । ‘हामी सहरी गतिशीलता र स्मार्ट सहर विकासको रुपान्तरणको महत्वपूर्ण चरणमा छौं । भारतमा २२ करोड ५० लाखभन्दा बढी ग्यासद्वारा सञ्चालित दुईपांग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय इन्धनको आवश्यकता छ’, गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने ।