हिरो मोटोकर्प–गोगोरो रणनीतिक साझेदारी

काठमाडौं (अस) । हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वमै अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफर्म ल्याउन दुवै कम्पनीले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ । हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारी साधन विकासमा सहकार्य गर्नेछन् । ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण ‘गतिशीतलाको भविष्य बन्नेअनुरूप छ, जुन आफ्नो लक्ष्य सिर्जना, सहकार्य र प्रेरणामार्फत जीवन्त तुल्याउँदै छौं,’ साझेदारीबारे हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा.पवन मुन्जालले भने । साझेदारीले आफ्नो अनुसन्धान र विकास (आरएन्डडी) हब जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको टेक सेन्टरमा भइरहेका कामलाई थप विस्तार गर्ने उनले बताए । ‘हामी सहरी गतिशीलता र स्मार्ट सहर विकासको रुपान्तरणको महत्वपूर्ण चरणमा छौं । भारतमा २२ करोड ५० लाखभन्दा बढी ग्यासद्वारा सञ्चालित दुईपांग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय इन्धनको आवश्यकता छ’, गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने ।

सम्बन्धित सामग्री

‘वाइवाइ ग्लोकल टिन हिरो नेपाल’का प्रतियोगीले गरे युरोपेली संघसँग अन्तरक्रिया

काठमाडौं । ‘वाइवाइ ग्लोकल टिन हिरो नेपाल’ को सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरीहरुले युरोपेली संघसँग अन्तरक्रिया गरेका छन् । आज सम्पन्न ५ दिने क्षमता निर्माण कार्यशालामा ‘ग्लोकल अन्डर २०’का प्रतियोगीहरुको सहभागिता रहेको थियो ।देशभरका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को रणनीतिक साझेदारको रूपमा युरोपेली संघ जोडिएको आयोजकले जनाएको छ । किशोर किशोरीहरुले युरोपेली संघबाट चार्ज दी अफेयर्स स्टेफन माइकोनसँग अन्तरक्रिया गरेक

हिरो मोटोकर्प र गोगोरोबीच समझदारी

हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिन एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको जनाइएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ […]

हिरो मोटोकर्प र गोगोरो इंकबीच साझेदारी

१० वैशाख, काठमाडौं । हीरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । वैशाख ८ गते भएको यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतन (इनोभेसन)को क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा […]