काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । आज आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले यात्रुहरूले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा चार वटा शटल बस निःशुल्क सञ्चालन गरिने बताउनुभयो ।मन्त्री आलेले मजदुरहरूका लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको प...