प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भइसकेपछि रातोपाटीले सम्पादकीय लेखेर भनेको थियो,'राजनीति अति भयो, अब महामारी नियन्त्रणमा ध्यान जाओस्'। वरिष्ठ पत्रकार कनकमणि दीक्षितले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कोरोना नियन्त्रणमा सरकार के गर्दैछ भन्ने विषयमा विशेष अन्तरवार्ता गरेका छन् । अन्तरवार्ताको शुरुमै पत्रकार कनकमणि दीक्षितले रातोपाटीको सम्पादकीयको चर्चा गर्दै अब केपी ओलीको मन्त्रिमण्डल राजनीतिक अवरोधबिना कोभिड नियन्त्रणमा सक्षम छ कि छैन भनेर सोधेका छन्