परराष्ट्रमन्त्री खड्काले गरे पदस्थापन

परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधवार पदस्थापन गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएसँगै उनले पदस्थापन गरेका हुन् ।  सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए ।