नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी, महासचिवमा पौडेल (मत परिणामसहित)

नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्साल विजयी भएका छन् । काँग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मत ल्याएर विजयी भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् । त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले ६८५ मत ल्याएका छन् ।केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ  । य

सम्बन्धित सामग्री

प्रेस युनियन कर्णाली प्रदेशको अधिवेशनमा तनाव, दुई पक्षबीच माइक खोसाखोस

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच विवाद भएको छ । बिहीबार वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर युनियनका नेताहरूले पार्षद्को विषयलाई लिएर विवाद उठाएपछि लफडा भएको हो ।  संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै युनियनका हुम्ला प्रतिनिधिले माइक नै चुँडाएका थिए ।  कार्यक्रममा एक सहभागीले भने,‘ दुई पक्षधरबीच माइक खोसाखोसको स्थिति सृजना भएको थियो ।’ कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायतको सहभागिता थियो । उनीहरूकै अगाडि माइक खोसाखोस...

नेपाल प्रेस युनियन निर्वाचन : मतगणना जारी लम्साल अगाडि

नेपाल प्रेस युनियनको अध्यक्ष पदमा शिव लम्सालले अग्रता लिनुभएको छ । हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका लागि शिव लम्साल र अनिता विन्दुले उम्मेदवारी दिनुभएको थियो ।