काठमाडौं । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उक्त कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेकाे बताउनुभयाे । उहाँका अनुसार उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख […]