२३ वर्षदेखि बन्द संस्कृत गुरुकुल ब्युँताउन धार्मिक महोत्सव

बागलुङ : सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ।काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे। रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०३१ मा स्थापना गर्नुभएको उक्त गुरुकुल विसं २०५६ मा बन्द भएको थियो।गुरुकुल नच

सम्बन्धित सामग्री

नेपाल र भारतका विद्यार्थीको आकर्षण बढ्दै गुरुकुलमा

पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै हुनुहुन्छ । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक (विद्यार्थी)ले अध्ययन गर्दै आएका छन् । गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका …

ओझेलमा एशियाकै पुरानो गुरुकुल

काठमाडौँ- देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी पाँच वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्दछन् । अँध्यारो, उज्यालो, वर्षा, गर्मी कुनै कुराको प्रवाह नगर्दै निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रुद्राभिषेक (भगवान शिवको विशेष पूज...

ओझेलमा एशियाकै पुरानो गुरुकुल

काठमाडौँ- देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी पाँच वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्दछन् । अँध्यारो, उज्यालो, वर्षा, गर्मी कुनै कुराको प्रवाह नगर्दै निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रुद्राभिषेक (भगवान शिवको विशेष पूज...

संस्कृत भाषामा आकर्षण

काठमाडौं । संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो । विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयको अध्यापन गर्दै आएका शिक्षक योगराज सापकोटा संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षककोे खोजी भइरहेको बताउँछन् । संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो । हाल उपत्यकाका करीब १०० ओटा संस्थागत विद्यालयमा संस्कृतको अध्ययन अध्यापन हुन थालेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले गरेको अनुसन्धानमा कम्प्युटरमा सबैभन्दा सहज रूपमा राख्न सकिने भाषाका रूपमा संस्कृतको पहिचान गरेकाले पनि यसप्रति विद्यालयको आकर्षण बढेको हो । संस्कृत सूत्रबद्ध भाषा भएकाले कम्प्युटरमा यसको प्रयोग सहज हुने नासाको अध्ययनले देखाएको छ । यसै कारण पनि विभिन्न देशमा संस्कृतको माग बढेको छ । संस्कृतको अन्तरराष्ट्रिय बजार बन्न थालेपछि काठमाडौं उपत्यकाका अक्षरा, पाणिनी, गेटवे, भेलोसिटी, गुरुकुल संस्कारम्, दीपिका, बागमती, डीएभीलगायत विद्यालयमा संस्कृतको पठनपाठन भइरहेको छ । योगका कारण पनि संस्कृत भाषाप्रति आकर्षण बढेको शिक्षक सापकोटा बताउँछन् । माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएपछि पनि संस्कृत पढाउने पालिकाको संख्या बढेको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकको व्यवस्था गरिदिएको छ । ‘अस्माकम् संस्कृतम्’ नामक पुस्तक कक्षा १ देखि १२ सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेपछि संस्कृत भाषा पढाउन चाहने विद्यालयका लागि सहज भएको बताइएको छ । रासस

बढ्न थाले संस्कृत भाषा प्रशिक्षण लिने

विगत २ वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको संख्या बढ्न थालेको छ । जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रह्यो । जूम क्षमताअनुसार प्रत्येक प्रदेशमा ५०० सहभागी भए । फेसबूक लाइभबाट समेत धेरै मानिसले संस्कृत सिक्ने इच्छा देखाए ।    ६ प्रदेशमा जूम प्रविधिबाट प्रशिक्षण सम्पन्न गरी जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गतेदेखि बागमती प्रदेशमा अन्तिम प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणका प्रमुख प्रशिक्षक महेश संस्कृत गुरुकुल देवघाटका...