कात्तिक १, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (सोमवार) आन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंगलवार (कात्तिक २) गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएकाले आज (सोमवार) सम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे जुम माध्यमबाट हुनेछ ।
त्यस्तै, सभाले आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।