जनकपुरधाम – शुक्रबार माघ २१ गते मधेश प्रदेश सभा आफ्नो कार्यकालको ४ वर्ष पुरा गरेको छ ।
चार वर्षको अवधिमा प्रदेश सभाले पछिल्लो पटक बल्ल प्रदेशको नाम र राजधानी जुराएको छ । माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सुरुका दिनमा प्रदेश सभामा कानून निर्माणमा तिव्रता दिइने प्रदेशको नाम र राजधानी टुग्याउने लक्ष्य…