प्याराभिट्टा बसपार्क अझै सञ्चालनमा आएन

झापा – झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन। निर्माण भएको नौ वर्ष बितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ। नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हो। भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकडभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो। प्याराभिट्टाबाट लामो तथा […]

सम्बन्धित सामग्री

फिदिम बसपार्क अझै सञ्चालनमा आएन

जग्गा प्राप्तिको दुई दशकपछि निर्माण सम्पन्न । दुई पटक उद्घाटन । तर, अझै पनि बसपार्क सञ्चालनमा आउन सकेको छैन । यो पाँचथर सदरमुकाम फिदिममा रहेको फिदिम बसपार्कको कथा हो । करिब दुई करोड लागतमा निर्माण सम्पन्न भएको फिदिम बसपार्क निर्माण हुन नै दुई दशक लाग्यो । विभिन्न बहानामा निर्माण हुन नसकेको बसपार्क पाँच वर्षअघि निर्माण […]

फिदिम बसपार्क अझै सञ्चालनमा आएन

जग्गा प्राप्तिको दुई दशकपछि निर्माण सम्पन्न । दुई पटक उद्घाटन । तर, अझै पनि बसपार्क सञ्चालनमा आउन सकेको छैन । यो पाँचथर सदरमुकाम फिदिममा रहेको फिदिम बसपार्कको कथा हो । करिब दुई करोड लागतमा निर्माण सम्पन्न भएको फिदिम बसपार्क निर्माण हुन नै दुई दशक लाग्यो । विभिन्न बहानामा निर्माण हुन नसकेको बसपार्क पाँच वर्षअघि निर्माण […]

अझै सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

झापा- झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ ।      नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको ...

अझै सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

झापा- झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ ।      नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको ...

निर्माण भएको नौ वर्षसम्म सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ । नेपालको पूर्वी नाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकडभिट्टा पर्यटक भित्रिने प्रवेश मार्ग हो । प्याराभिट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् । बजारको बी

अझै सञ्चालनमा आएन इनरुवा बसपार्क

सुनसरी । करीब तीन वर्षअघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवास्थित बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन । संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नभएको भन्दै इनरुवा नगरपालिकाले बेवास्ता गरेपछि बसपार्क सञ्चालनमा आउन नसकेको हो । इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्क अहिले लागूपदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रूपमा परिणत भएको छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्क २०७५ पुस २५ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । निर्माण कम्पनीले २ वर्षमा सक्ने लक्ष्य राखेकोमा निर्धारित समयअगावै सम्पन्न गरेको थियो । इनरुवा नगरपालिका–५ का वडाध्यक्ष अञ्जनी पोखरेलको अध्यक्षतामा बसपार्क सञ्चालन समिति गठन भएको थियो । अहिले सो समिति पनि नेतृत्वविहीन बनेको छ । तीन वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन नहुँदा जग्गादाता सहित स्थानीयवासी आक्रोशित बनेका छन् । बसपार्क सञ्चालनका लागि निःशुल्क जग्गा दिएका स्थानीय रमेश श्रेष्ठले जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । बसपार्क सञ्चालनका लागि उनले ५ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । सबै जग्गादाताहरूसँग सल्लाह गरेर फिर्ता लिनुपर्ने बाध्यता आउने उनले बताए । बसपार्क सञ्चालनमा नगरपालिकाको चासो नरहेको उनको भनाइ छ । शहरी विकास मन्त्रालयले इनरुवा नगरपालिकालाई दिनुपर्ने रकम नदिएकाले विरोधस्वरूप बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकाले तदारुकता देखाएको छैन । इनरुवा नगरपालिकाको डेढ बिघा जग्गामा निर्मित बसपार्कसहित इनरुवा नगरक्षेत्रको बाटो, ढल तथा अन्य पूर्वाधार निर्माण गर्न २ अर्ब रुपैयाँ बराबरको रकम पाउनुपर्नेमा टेन्डर १ अर्ब ८० करोडमा मात्र भएको थियो । बाँकीको २० करोड र शहरी स्मार्ट सिटी अन्तर्गतको थप रकम इनरुवा नपाले पाएमात्र बसपार्क सञ्चालनमा ल्याउने नगर प्रमुख राजन मेहताले बताउँदै आएका छन् ।

तीन वर्षअघि निर्माण सम्पन्न भएको इनरुवा बसपार्क अझै सञ्चालनमा आएन

पुस २१, सुनसरी । करीब तीन वर्षअघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवा स्थित बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन ।  संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नगराएको भन्दै विरोध स्वरुप इनरुवा नगरपालिकाले बसपार्क सञ्चालन गर्न नमानेपछि करीब तीन वर्षदेखि अलपत्र बनेको छ ।  इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउण्टरसहितका भित्तामा अनावश्यक कुरा लेख्ने क्रम बढ्दो छ ।  अहिले बसपार्कमा लागूपदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीहरुले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रुपमा परिणत भएको छ । बसपार्कमा इनरुवा, भोक्राहा, हरिनगरका मात्रै नभइ बराहक्षेत्र, इटहरी, धरान, विराटनगर र सप्तरी सम्मको टिकटकरहरुले टिकटक र युटुबरहरु भिडियो बनाउन आउने गरेका छन् । कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्कको २०७५ साल पुस २५ गते तत्कालिन उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।  कालिका कन्स्ट्रक्सनले २ वर्षमा निर्माण गर्ने लक्ष्य राखेकोमा निर्धारित समयभन्दा पहिलेनै करीब १० करोड रुपैयाँको हाराहारीमा इनरुवा बसपार्कको निर्माण सम्पन्न गरेको थियो । इनरुवा नगरपालिका ५ का वडाध्यक्ष अन्जनी पोखरेलको अध्यक्षतामा बसपार्क सञ्चालन समिति गठन भएको थियो अहिले समिति पनि नेतृत्व बिहिन बनेको छ ।  तीन वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन नहुँदा जग्गादाता सहित स्थानीयहरु पनि आक्रोशित बनेका छन् । बसपार्क सञ्चालनका लागि निःशुल्क जग्गा दिएका स्थानीय रमेश श्रेष्ठले जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । बसपार्क सञ्चालनका लागि उनले निःशुल्क रुपमा ५ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । उनले बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । सबै जग्गादाताहरुसँग सल्लाह गरेर फिर्ता लिनुपर्ने बाध्यता आउने उनले बताए । बसपार्क सञ्चालन गर्ने नगरपालिकाको मनशाय नरहेको उनको आरोप छ ।  शहरी विकास मन्त्रालयले इनरुवा नगरपालिकालाई दिनुपर्ने रकम नदिएकोले विरोधस्वरूप बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकाले आनाकारी गरिरहेको छ ।  इनरुवा नगरपालिकाको डेढ बिघा जग्गामा निर्मित बसपार्कसहित इनरुवा नगरक्षेत्रको बाटो, ढल तथा अन्य पूर्वाधार निर्माण गर्न २ अर्ब बराबरको रकम पाउनु पर्नेमा टेण्डर १ अर्ब ८० करोडमा मात्रै भए पछि बाँकीको रकम २० करोड र शहरी स्मार्ट सिटी अन्तर्गतको थप रकम इनरुवा नपाले पाएमात्र बसपार्क सञ्चालनमा ल्याउने मेयर मेहताले बताउँदै आएका छन् ।