टीकापुरको नमुना बसपार्क : हस्तान्तरण भएको दुई वर्ष पुग्नै लाग्दा पनि सञ्चालनमा आएन

धनगढी - टीकापुर नगरपालिका–१ मा निर्मित बसपार्क हस्तान्तरण भएको झण्डै दुई वर्ष बित्नैलाग्दा पनि सञ्चालनमा आउन सकेको छैन। सुदूरपश्चिमकै नमुना मानिएको उक्त बसपार्क २०७७ भाद्र ३ गते टीकापुर नगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो । बसपार्क सञ्चालनमा नआउँदा सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। ...

सम्बन्धित सामग्री

अझै सञ्चालनमा आएन आइसिपी

यहाँस्थित नेपाल–भारत नाकामा तयार भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । सो आइसिपी उद्घाटन गरिएको छ महिना पूरा भएको छ तर अझै सञ्चालनमा आएको छैन । गत जेठ १८ गते नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको सो आइसिपीमा विद्युत् जडानलगायत निर्माणका केही काम पूरा हुन नसकेको हुँदा भारतीय पक्षले हस्तान्तरण नगरेकाले सञ्चालन गर्न नसकिएको बताइएको छ । उक्त आइसिपीको भारततर्फको निर्माण कार्य शतप्रतिशत पूरा भइसकेको र नेपालतर्फको काम अन्तिम चरणमा रहेको छ ।

सञ्चालनमा आएन रामेछापकाे चिस्यान केन्द्र

रामेछाप – करोडौँकाे लागतमा बने पनि रामेछापकाे चिस्यान केन्द्र सञ्चालनमा आएकाे छैन । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा करोडौँको लागतमा बनेको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ । जिल्लामा उत्पादन हुने जुनार, सुन्तला आलु, किबीलगायतका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र गएको वर्ष नै सञ्...

हस्तान्तरण विवादले सञ्चालनमा आएन 'होल्डिङ सेन्टर'

कैलाली - कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार श्य्याको सुविधा सम्पन्न होल्डिङ सेन्टर निर्माण सम्पन्न भएता पनि सञ्चालनमा अन्योल देखिएको छ ।  संघीय सरकारको लगानीमा निर्माण भएको होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने भन्ने कुराकै टुङ्गो लाग्न नसकेपछि सञ्चालनमा अन्योल देखिएको हो ।  २८ करोड ८१ लाख १२ ...

पीसीआर मेसिन सञ्चालनमा आएन

महेन्द्रनगर-कोरोना भाइरस परीक्षणका लागि भीमदत्त नगरपालिकाले खरिद गरेर महाकाली अस्पताललाई हस्तान्तरण गरेको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन । मेसिन खरिद गरेको झण्डै ६ महिनासम्म पनि पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको हो । पीसीआर मेसिन अस्पतालले पाएको ३ महिनापछि पनि सञ्चालनमा नआएर अस्पतामै थन्किएको छ ।जेठ महिनामै भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भनेर निर्णय […]