धनगढी : सुदूरपश्चिमका पहाडी तथा तराईका जिल्लाहरूमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दा आतंक मच्चाएको छ।विभिन्न जिल्लाका विभिन्न सामुदायिक वन, कर्मचारी, जनप्रतिनिधि तथा संस्थाबाट विप्लवका कार्यकर्ताले चन्दा असुल्न थालेका हुन्।सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमै पनि विप्लवका कार्यकर्ताले चन्दा असुलीको आतंक फैलाएका छन्। उनीहरूले जिल्लाको भजनी नगरपालिकास्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहबाट ३ लाख, सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट दुई