काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बुधबार भेटवार्ता भएको छ।प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका हुन्।ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। बैठकमा विप्लव नेकपाको केन्द्रीय कमिटीको निर्णयअनुसार जनमतसंग्रह हुँदै समाजवादमा जानेबारे छलफल गरिने निर्णय भएको विप्लव नेकपाका केन्द्रीय कमिटी सदस्य दीपक चला