भक्तपुरको चाँगुनारायणमा रोपाई (फोटोफिचर)

काठमाडौं । भक्तपुरका विभिन्न स्थानमा रोपाई सुरु भएको छ । यसपाली चाँडै वर्षा भएकाले ध्यानको ब्याड राखेका किसानहरु अहिले आ–आफ्नो खेतमा रोपाईमा व्यस्त छन् । भक्तपुरमा परम्परागत रुपमा खेती गर्ने चलन छ । भक्तपुरको चाँगुनारायण क्षेत्रका किसानहरु रोपाईमा व्यस्त हुँदै गर्दाको केही तस्विर । The post भक्तपुरको चाँगुनारायणमा रोपाई (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बोरिङबाट पानी तानेर धान रोपाई

लामो समयसम्म वर्षा नहुँदा उनले बोरिङबाट पानी तानेर दुई बिघा खेतमा धान रोपाई गरे। अँसारीले यस वर्ष थोरै वर्षा हुनु र बोरिङको पानी पनि ननिस्कनुले धान रोपाई गर्न गाह्रो भएको सुनाए।...

काठमाडौंमा रोपाई सुरु (फोटोफिचर)

काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो । कुनै समय कुटाे र काेदालीकै भरमा खेत राेप्ने काठमाडाैवासी अचेल भने ट्याक्टर प्रयाेग गर्न थालेका छन् । न्युजकारखानाबाट The post काठमाडौंमा रोपाई सुरु (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खोटाङमा ७० प्रतिशत रोपाई सकियो

खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा रोपाइ सकिएको र बेँसीमा धमाधम रोपाइ जारी रहेको ज्ञान केन्द्रले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामध्

लमजुङमा ४० प्रतिशत रोपाई सकियो

लमजुङमा  ४० प्रतिशत रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएको हो ।मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई  चाडै सुरु गरिएको थियो । लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाई भइरहेको छ ।यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोब

दाङमा अहिलेसम्म १० प्रतिशत क्षेत्रमा धान रोपाई

दाङ – दाङमा गएको वर्ष असार १५ भित्र जिल्लामा झण्डै ७० प्रतिशत धान रोपाई सकिएको थियो । तर, यसपाली भने जम्मा १० प्रतिशत मात्रै धान रोपाई भएको छ । असार लागीसक्दा पनि पश्चिम क्षेत्रमा ढिलोगरी वर्षा भित्रिएको छ । जसले गर्दा यसपालीको धान रोपाई ढिला भएको छ । आकाशेपानी पानीको भरमा धान रोप्ने ठाउँमा खेती […]

काठमाडौँको बौद्धमा मनाइयो रोपाई जात्रा

काठमाडौँ– काठमाडौँको बौद्धमा मंगलबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरुले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो । बौद्धको रोपाइँ […]

कंक्रिटको शहरमा रोपाई जात्रा (फोटोफिचर)

काठमाडौं । कुनै वेला भब्य धान फल्ने काठमाडौंको फाँटमा अहिले कंक्रिटको थुप्रो लागेको छ । तैपनि रोपाई सकिएको खुसीयालीमा गरिने रोपाई जात्राको अस्तित्व बाँकी नै छ । रोपाई जात्राको दिन मंगलबार काठमाडौंको वौद्धमा विभिन्न भेषभूषामा सजिएर नाँचगान गर्दै वौद्ध स्तुपाको परिक्रमा गर्दै स्थानीय । रोपाई सकिएको खुसियालीमा विभिन्न स्थानमा विभिन्न तरिकाले यो जात्रा मनाउने गरिन्छ […] The post कंक्रिटको शहरमा रोपाई जात्रा (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पर्वतमा ६० प्रतिशत रोपाई सम्पन्न

पर्वत-मानो रोपेर मुरी फलाउने महिना असार बितिसक्दा पनि पर्वतमा धान रोपाई सकिएको छैन । पर्वतमा हालसम्म ६० प्रतिशत मात्र रोपाई सम्पन्न भएको हो । यस वर्ष समयमै वर्षायाम सुरु भएकाले गत वर्षभन्दा केही छिटो रोपाई भएपनि अझै ४० प्रतिशत सम्पन्न हुन नसकेको हो । मनसुन पूर्णरुपमा सक्रिय भएपछि ग्रामीण क्षेत्रका कृषकहरुलाई रोपाईमा सक्रिय भएका थिए […]

कर्णालीमा रोपाई, सकियो ५५ प्रतिशत

सुर्खेत : आकाशे पानीको भर पर्नुपर्ने कर्णालीमा समयमै पानी परेका कारण असार १५ भित्रै ५५ प्रतिशत रोपाई सकिएको छ। विगतको वर्षहरु असार १५ सम्म मुश्किलले ३० प्रतिशत रोपाई हुदैँ आएको कर्णालीमा यस वर्ष छिटो रोपाई सकिने अनुमान छ। कृषि विकास निर्देशनालयका अनुसार हालसम्म २६ हजार हेक्टर क्षेत्रफल अर्थात ५५ प्रतिशत…

कहाँ कति सकियो रोपाई?

काठमाडैं। यो वर्षको असार १५ गतेसम्म नेपालको अन्नभण्डार तराईमा जम्मा २५ प्रतिशत रोपाई सकिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म तराईमा जम्मा २५ प्रतिशत रोपाई सकिएको हो। यस्तै, मध्य पहाडमा ३१ प्रतिशत र उच्च पहाडी क्षेत्रमा साढे ३३ प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको मन्त्रालयले बताएको छ।