काठमाडौं: शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले मानव बेचबिखनको स्वरुप फेरिएको बताएकी छन्।
आधुनिक दासता विरुद्धको सवालमा सञ्चारकर्मीसँग कार्यशाला गोष्ठीमा बोल्दै तामाङले शिक्षा, रोजगारी र विवाहको प्रलोभनमा बेचबिखन बढेको उल्लेख गरेकी हुन्। पहिले अशिक्षित महिला तथा बालबालिका बेचिने गरेकोमा अहिले शिक्षित नै परेको बताइन्। आधुनिक दासताको जड गरिबी भन्दै उनले दासता…