एजेन्सी। भारतमा बुधबार एकै दिन ३ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६४७ जनाको मृत्यु भएको छ। यसका साथै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० लाख नाघेको छ। भारतमा सक्रिय संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ। १६ फेब्रुअरीमा १ लाख ३८ हजार मात्रै सक्रिय संक्रमित थिए। अमेरिकामा सबैभन्दा बढी ७० लाख सक्रिय संक्रमित छन्।